मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन र प्रेम कथाको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2010/09/22

आगामी शुक्रबार राजधानीमा एक्सन प्रधान र प्रेम कथामा आधारित दुई चलचित्र बिच भिडन्त हुने भएको छ । रामराजा दाहालले निर्देशन गरेको एक्सन चलचित्र 'बलवान' र राजेश विश्वकर्माले निर्देशन गरेको चलचित्र 'तिम्रो मायामा' असोज ८ गते शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।

 

बाबु बलामीले निर्माण गरेको चलचित्र बलवान 'सस्पेन, थ्रिलर, एक्सन'मा आधारित छ भने मानप्रसाद सुवेदी, लिलाधर न्यौपाने, सुस्मिता सेन्चुरी र गणेश भण्डारीले निर्माण गरेको चलचित्र 'तिम्रो मायामा' पूर्णतया प्रेमकथामा आधारित छ ।

 

बलवान राजधानीको गोपीकृष्ण, गुण, बाराही, अष्टनारायणसहित नौओटा हलबाट प्रदर्शनमा आउँदै छ भने तिम्रो मायामा बिश्वज्योती, गंगा, कलंकी लगायतका एक दर्जन भन्दा बढी हलहरूमा प्रदर्शन हुँदैछ ।

 

निखिल उप्रेती, नन्दिता केसी, नन्दु श्रीवास्तव, हिउँवाला गौतम आदि कलाकारको अभियन रहेको चलचित्र बलवानमा राजन इसानको संगीत, बाबु बलामीकै द्वन्द्व निर्देशन तथा अच्युत घिमिरेको नृत्य निर्देशन रहेको छ । यसैगरी उत्तम प्रधान, उषा पौडेल, दिवस बस्नेत, स्मृति स्वर्णकार, टीका पहारी, सपना श्रेष्ठलगायतका कलाकारले अभियन गरेको चलचित्र तिम्रो मायामा मा शिवरत्न ढकालको छायाँकन, सुरेश सेन्चुरीको संगीत र कमल राईको नृत्य रहेको छ ।