मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज २२ गते 'झाक्री'को पालो

फिल्मीखबर, काठमाण्डौ, 2010/09/23

सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री' यहिँ आउदो असोज २२ गते देखि प्रदर्शनमा आउने करिब पक्का भएको छ ।


 एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र २२ गते देखि उपत्यका भित्र र बाहिरबाट  प्रदर्शन गरिने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा समेत ख्याती  कमाएको यस चलचित्रलाई किशोर ढकालले निर्देशन गरेका हुन ।



गएको भदौ १४ गते चलचित्र बिकास बोर्डले यो चलचित्रलाई विशेष चलचित्र ठर्‍याउदै अवार्ड समेत दिएको थियो । तीन बर्षअघि निर्माण गरिए  पनि यो चलचित्रले भर्खर मात्र प्रदर्शनको पालो पाउन लागेको हो ।  झाक्रीहरूको यथार्त कथालाई आधार बनाएर निर्माण गरिएको यो चलचित्र २ घण्टा १० मिनेटको रहेको छ । चलचित्रमा अमृत लामा, जयनन्द लामा, बसुन्धरा भुषाल, सम्झना खड्का अर्पणा सिहँ लगायतले अभिनय गरेका छन् ।