मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारायणी नदीले बुझेन राजलाई

फिल्मीखबर, काठमाण्डौ, 2010/09/23

चलचित्र 'फूल'को सुटिङका लागि एक साता अघि चितवन पुगेका नायक राजबल्लभ कोइरालालाई नारायणी नदीले नबुझेको गुनासो ब्यक्त गरेका छन् ।




बिहिबार साँझ पौने ८ बजे नारायणी नदीको किनारमा एक्लै टोलाउदै उनले  अनलाईन सामाजिक सञ्जाल फेसबुको वालमा सो गुनासो ब्यक्त गरेका हुन । मोबाईलबाट अपलोड गरिएको सो स्टाटसमा उनले लेखेका छन् 'पानी देख्नका  लागि धेरै अध्यारो छैन् ।'  चलचित्र 'पर्खिबसे' बाट डेब्यू गरेका यि नायक साहित्य प्रेमी भएकाले साहित्यक भाषामा आफ्ना शब्दहरूलाई उनले फेसबुक मार्फत पोखेका हुन ।

 

नदीको मधुर अवाजलाई सम्झदै उनले दोस्रो लाईनमा 'ध्वनीलाई माया गर्छु तर पनि किन यो मेरो मस्तिस्कमा पुग्न सकेको छैन् '  भन्दै उल्टै नदी लाई प्रश्न पनि  गरेका छन् ।



यस्तै राजले पानीको तरंगले दुई किनारालाई छोए जस्तै ती तरंगहरूले आफूलाई पनि छोए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेका छन् । नदीसंग अन्तिम गुनासो पोख्दै उनले लेखेका छन् 'नदीले मलाई बुझ्न सकेन र म यसलाई बुझ्ने कोशिस गरिरहेको छु