मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदिपको जीवनमा पहिलो पटक महंगो लुगा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/24

आजकल निर्माता प्रदिप कुमार उदयको स्टयार्ण्डड एका-एक बढ्न थालेको छ । सायद पैसा धेरै कमाएर हो वा बल्ल फेसनलाई उनले चिन्न थालेर हो सामान्य पहिरनालाई पनि उनले महंगोमा किन्न थालेका छन् ।



 ३९ बर्षको उमेर सम्म आईपुग्दा एक हजार रूपैया भन्दा माथिको कुनै पहिरन नलगाएका प्रदिपले जिन्दगीमा पहिलो पटक २७ सय ८५ रूपैया हालेर एउटा सर्ट किनेका छन् । केही दिन अघि नक्साल भाटभटेनीमा  किनेको सेतो सर्ट तर्फ औलाउदै उनले भने 'कत्ति सस्तो मात्र लाउनु कहिलेकाही महंगो पनि लाईदिउन ।' 

 

उनले त्यो सर्टसंगै १४ सयको पाईन्ट २१ सयको जुत्ता पनि किनेका रहेछन्  । चार महिना अघि १४ लाख ८५ हजारमा किने मारूती सेन्ट्रो गाडी देखाउदै उनले भने 'यो पनि नयाँ हो ।'



चलचित्र संघका उपाध्यक्ष समेत रहेका प्रदिप नेपालकै इतिहासमा १७ बर्षको उमेरमा निर्माता र प्रोडक्सन कन्ट्रोल मेनेजर  बनेका हुन । उनले २०४५ सालमा चेलीबेटी चलचित्र निर्माण गरेका थिए ।



हाल आफ्नो पाँचौ  चलचित्र मालतीको भट्टी निर्माणमा  ब्यस्त रहेका प्रदिपको स्टयार्ण्डड एक एक बढ्नुको संकेत के होला ?