मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस यू को छायांकन समाप्त

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010/09/24

मलेसियामा छायांकन भैरहेको नेपाली कथानक चलचित्र मिस यू को छायांकन सकिएको छ । करिव एक महिना अगाडि मलेसिया आईपुगेको चलचित्रको टोलीले मलेसियाको मलक्का भन्ने स्थानवाट छायांकनको शुरु गरेको थियो भने शुक्रवारका दिन हिन्दुहरुको मन्दिर रहेको वातुकेभको नजीकै रोडमा अन्तिम छायांकन गरेको थियो ।

 

दशै उत्सवको छायांकनको लागि उक्त स्थानलाई रोजेको निर्देशक सुरेश दर्पण पोख्रेलले बताए । चलचित्र निमार्ण गर्नका लागि मलेसियामा रहेका नेपालीहरुवाट निकै सहयोग पुगेको बताउदै आगामि दिनमा अन्य चलचित्र छायांकनको लागि समेत आफु मलेसिया आउने बताए ।

 

अन्तिम दिनको छायांकनमा मलेसियामा रहेका धेरै नेपालीहरुलाई निम्ता गरिएका कारण छायांकन स्थलमा मलेसियामा रहेका नेपालीहरु पुगेका थिए । नायक दिलीप रायमाझिको समेत लगानी रहेको उक्त चलचित्रमा दिलीप रायमाझि, नम्रता श्रेष्ठ, वरुण राना, अनिता दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

 

चलचित्रको ७० प्रतिशत छायांकन मलेसियामा भएको छ ।मलेसियामा आफु विभिन्न कार्यक्रमहरुमा आउदा यहाँको दृश्यहरुलाई पर्दामा उतार्न आफु निकै लालायित भएको कारण आफुले छायांकनको लागि मलेसिया राजेको नायक तथा निर्माता दिलीपले बताए ।