मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर प्रक्रिया खारेजीको माग

फिल्मीखबर, काठमाण्डौ, 2010/09/24

चलचित्र प्रदर्शन पूर्व  गरिने जाच पास प्रक्रिया झन्झटिलो विवाद यूक्त भएको भन्दै चलचित्रकर्मीहरूले सो प्रक्रिया पूर्ण रूपले खारेज हुनु पर्ने माग राखेका छन् ।



निर्देशकहरूको संस्था चलचित्र निर्देशक समाजले शुक्रबार राखेको अन्तक्रिया कार्याक्रममा निर्देशक यादव खरेल, केपी पाठक , नरेश पौडेल, सुरज सुब्बा, नवीन सुब्बा, निर्माता अशोक शर्मा लगायतका  विभिन्न चलचित्रकर्मीहरूले चलचित्र  बिकास बोर्ड समक्ष सेन्सर प्रक्रिया अन्त हुनु पर्ने माग राखेका हुन ।



पछिल्लो चरणमा चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले अन्तारष्ट्रिय नियमलाई उल्घन गर्दै चलचित्र महोत्सवमा  हस्तक्षेप गरिरहेको प्रति उनीहरूले सवै भन्दा बढी आपत्ती जनाएका छन् ।  सेन्सर बोर्डले पछिल्ला चरणमा बर्ड फिल्म फियष्टा र मानावअधिकार चलचित्र महोत्सवलाई  सेन्सरको विवाद निकाल्दै हस्तक्षेप गरेको थियो ।


यस्तै शुक्रबारको अन्तक्रिया कार्याक्रममा चलचित्रकर्मीहरूको गुनासो सुनिसकेपछी विकास बोर्ड अध्यक्ष अमर राज गिरिले  यस सम्बन्धमा उठेका प्रश्न लाई सम्बन्धी मन्त्रालयसमक्ष पुर्‍याउने बचन दिएका छन् । सेन्सरबोर्डको पछिल्लो क्रियाकलापले आफ्नो समेत बदनाम भएको भन्दै गिरिले यस्ता खाले विवाद अन्त्य भईछाड्ने अठोट  समेत देखाएका छन् ।



नियमावली र ऐनमा चलचित्र सम्बन्धी विषयहरू आफैमा बाझिने खालको भएको भन्दै चलचित्रकर्मीहरूले आफ्ना प्रतिभा माथि बन्देज लगाउने कामको  तुरून्त अन्त्य हुनु पर्ने आवाज उठाएका थिए ।