मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हाँसी देउ एक फेर' का गीतहरूको सिआरबिटी सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/24

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य(मह जोडी) को मुख्य भुमिका रहेको चलचित्र 'हाँसी देउ एक फेर' मा रहेका गीतहरूको सिआरबिटी सार्वजनिक गरिएको छ ।

 

शिब रेग्मीको निर्देशनमा रमेश त्वायना र राजेश कुमार स्वंगमिखाले निर्माण गरेको सो चलचित्रमा जम्मा ४ गीत छन् । चलचित्रका चार वटै गीतमा सुरेश अधिकारीले संगीत दिएका छन् ।


चलचित्रमा रहेका चार गीतहरू मध्ये 'माया संसार हो...' र 'त्यो साथ कस्तो होला...' बोलको गीतलाई डा. कृष्णहरी बरालले लेखेका हुन् भने बाँकी दुई गीत मध्ये 'नपुगेका रहरहरू...' लाई निर्देशक शिब रेग्मी र 'सावन भदौमा मात्र...' बोलको गीतलाई संगीतकार सुरेश अधिकारीले लेखेका हुन् । चलचित्रका गीतहरूमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, उदितनारायण झा, सोनु कक्कड र हरिबंशका छोरा मोहितबंश आचार्यले स्वर दिएका छन् ।
 

 

तिहारको लगत्तै सार्वजनिक हुने सो चलचित्रको अडियो सिडी अबको केहि दिनमा सार्वजनिक गरिँदै छ । सार्वजनिक हुन लागेको सो अडियो सिडीलाई सम्झना अडियो भिडियोले बजारमा ल्याउँदै छ । चलचित्रमा राजबल्लभ कोईराला र स्वेता खड्काको पनि मुख्य भुमिका रहेको छ ।

 

                                                                         NTC                          Ncell                                UTL

१. माया संसार हो                             0170004955                 6035193                            7225143
स्वर :- मदनकृष्ण श्रेष्ठ/हरिबंश आचार्य
गीत:-  डा कृष्णहरी बराल


२. सावन भदौमा मात्र                       0170004956                 6035194                            7225144
स्वर :- मोहितबंश आचार्य/सोनु कक्कड
गीत:- सुरेश अधिकारी


३. नपुगेका रहरहरू                            0170004957                6035195                            7225145
स्वर :- मदनकृष्ण श्रेष्ठ
गीत:- शिब रेग्मी


४. त्यो साथ कस्तो होला                    0170004958                 6035196                            7225146
स्वर :- उदितनाराण झा
गीत:- डा कृष्णहरी बराल