मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देखाउन पाईनन् रेखाले

गणेश ढकाल, पोखरा, 2010/09/25

आफनो आँखाको अगाडी आफनै दाईको हत्या भएको देखेपछि क्रान्तिकारी जलजला दुष्ट सामन्तीहरुको बिनास गर्न अझ बढी क्रान्तिकारी बन्छिन् । उनमा क्रान्तिको ज्वालाले उग्र रूप लिन्छ ।

 

२० दिन अघिदेखि पोखराको बिभिन्न स्थानमा छांयाकन भइरहेको चलचित्र 'जलजला' मा रेखा थापा केन्द्रिय पात्र (जलजला) को भुमिकामा देखिंदै छिन् । बिहानैदेखि पोखराको मौसम नखुल्ने सम्भावना देखेपछि द्वन्द निर्देशक राजेन्द्र खड्गीले रेखालाई दिनभरि खोला र पानीमै भिजाएर भएपनि एक्शनका दृष्यहरुको छांयाकन गराइरहेका थिए । त्यसो त नायिका रेखा थापा पानीले लुथ्रक्कै भिजेता पनि त्यसको कुनै महशुस आफुलाई नभएको कुरा फिल्मीखवरलाई बताईन ।

 

चलचित्र 'जलजला' मा नायिका थापाले आजसम्म नगरेको द्वन्दको दृष्य गरेको बताएकी छिन् । त्यसो त द्वन्द निर्देशक राजेन्द्र खड्गी पनि आजसम्मकै आफ्नो फिल्मी इतिहासमा यस्तो भयानक द्वन्दको दृष्य कसैलाई पनि नगराएको बताए । 

 

प्राय चलचित्रमा अंग प्रदर्शन गर्ने यि नायिकाले यस चलचित्रमा भने अंग प्रदर्शन गर्न पाएकी छैनन् । उनलाई यस चलचित्रमा पूर्ण रूपमा अंग प्रदर्शन गर्न बन्देज लगाईएको छ ।
 


फुलपाती सम्मै पोखरामा छायांकन हुने भनिएको चलचित्रमा रेखा थापाका अतिरिक्त आयुष रिजाल, किशोर खतिवडा, कमलकृष्ण, पुष्कर भट्ट, बसुन्धरा भुसाल, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवजी लामिछानेको निर्देशनमा बनेको चलचित्रमा काशीराम भुसालको निर्माण रहेको छ । चलचित्रमा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यनिर्देशन र विष्णु कल्पीतको छायाँकन रहेको छ ।

 

माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुती चलचित्र 'जलजला' ले परिर्वतन र क्रान्तिको सन्देश बोकेको निर्माण पक्षले बताएको छ ।