मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरूणिमालाई अचम्मको नशा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/25

शुक्रबार साँझको समय थियो , बेलुकी ८ बजे कार्याक्रम स्थलमा सहभागी हुन पुगेकी नायिका अरूणिमा लम्साल सहकर्मी रेजिना उप्रेतीसंग भलाकुसारी गरिरहेकी थिइन् ।



सगरमाथा टेलिभिजनमा प्रसारण भईरहेको फिल्मी कार्यक्रम 'मुभि एक्सप्रेस' को १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा नायक अर्जुन कार्की पनि संगै थिए । रेजिना र अर्जुनको बीचमा बसेकी अरूणिमा निकै मज्जाले हासिरहेकी थिइन् । लाग्थ्यो उनी त्यो समय कन्ट्रोल भन्दा बहिर थिइन् । तर त्यहाँ तीन जनाबीच भएको गफ भने सामान्य थियो ।



आयोजकले ककटेल विथ डिनर पाटीका लागि बोलाएको सो कार्याक्रममा धेरै पिएकी  थिइनन् अरूणिमाले । थोरै पिउदै उनलाई लागिसकेको थियो । पिउदै गरेको त्यो ग्लास नायक अर्जुन कार्की तर्फदेखाउदै उनले उल्टै प्रश्न गर्दै भनिन् 'यति थोरै पिउदा  किन लागेको मलाई ?' 
उनलाई नशा लागेको देखेर नायिका रेजिना र अर्जुन मुसुमुसु हास्दै थिए ।



त्यति थोरै खादैमा किन लाग्यो त अरूणिमालाई ?  उनले जवाफ दिईन 'म कोक पचाउन सक्दिन ।'  उनले पिएको  त्यो ग्लासमा कुनै वाईन थिएन् मात्र थियो कोकाकोला ।  कोकाकोला पिउदैमा चुर्लुम्म नशामा डुबेकी अरूणिमाले यदि साच्चिकै  वाईन खाईन भने कस्तो नशा लाग्ला ?