मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित हिरो खोज्दै नाचघरमा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/25

फिल्म उत्पादनमा मेसिनको उपाधी पाएका निर्देशक शोभित बस्नेतलाई  हिरो चाहिएको रहेछ ।


अपकमिङ चलचित्र 'युवराज'को तयारीमा रहेका निर्देशक बस्नेत शनिबार चलचित्रको नाम अनुसारको पात्र युवराज  खोज्दै २४ जना लक्का जवानको बीचमा आफ्ना आखा डुलाउदै थिए । झण्डै ४  घण्टा एकै ठाउँमा बसेर युवराज खोज्दै गरेका शोभितले आफुले खोजे जस्तो हिरो त पाए तर त्यो हिरो सवैको हिरो हुन नसक्दा अन्तिममा अनुहारमा निराश बोक्दै उनी  घर तिर लागे ।


प्रसङ्ग हो शनिबार राजधानीमा सम्पन्न मिस्टर हयाण्डसमा प्रतियोगिताको । कार्यक्रममा गेष्टको रूपमा बोलाइएका बस्नेतले प्रतियोगितमा सहभागी भएका २४ प्रतियोगी मध्ये 'एक जनालाई  हिरो बनाउ-बनाउ लागेको बताए ।'  प्रतियोगितामा उनले रोजेको हिरो मिस्टर हयाण्डस हुन नसकेपनि उनले मिस्टर पर्सनालिटीको उपाधी जितेका थिए । प्रतियोगी नम्बर २ को ट्याग  भिरेका ओम प्रकाश श्रेष्ठको व्यक्तित्व र लुक्स देखेर शोभित निकै आकर्षित भएका थिए ।



हाल सम्म झण्डै २० वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक बस्नेत आफ्नो आगामी चलचित्र 'युवारज' को तायरीमा जुटेका छन् । फिल्म वितरक कृष्ण कार्कीसंग मिलेर बनाउन लागिएको सो चलचित्रका लागि नायिका पक्का भएपनि नायकको खोजीमा थिए उनी । नायिकामा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको छोरी रागिनी  पक्का भएपनि खोजे जस्तो युवराज नपाउदा उनी शनिबार दिनभर  नाचघरमा त्यो युवराज खोज्न ब्यस्त थिए ।