मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको गोप्य निर्णय चुहावट

फिल्मीखबर, काठमाण्डौ, 2010/09/25

नेपाली चलचित्रका निर्देशकहरूलाई इन्टरनेट सम्बन्धी ज्ञान दिलाउने हिसावले चलचित्र निर्देशक समाजले आयोजना गर्न लागेको  दुई दिने वर्कसप कार्यक्रम सम्बन्धी गोप्य निर्णय चुहावट भएको छ ।



एक्सक्लुसिभ रूपमा फिल्मीखबरलाई प्राप्त भएको जानकारी अनुसार चाबहिल स्थित चलचित्र बिकास बोर्डको हलमा आयोजना हुन लागेको सो वर्कसप कार्यक्रम पाटनढोका स्थित यलमाया केन्द्रमा गोप्य रूपमा  गरिने भएको छ ।  यस अघि असोज ५ र ६ गते सो वर्कसप राखिने भनिएपनि विविध कारण देखाउदै आयोजक समाजले सो वर्कसप केही दिनका लागि पर सार्ने निर्णय गरेको थियो ।



सामान्य इन्टरनेट समेत चलाउन नजान्ने नेपाली निर्देशकहरूले मिडियामा आफ्नो बेइज्जत हुन्ने अडकल काट्दै गोप्य रूपमा स्थान परिवर्तन गर्न समाजलाई आग्रह गरेपछी समाजले सो वर्कसपलाई गोप्य बनाउदै पाटन ढोकामा सञ्चालन गर्न लागेको हो । वर्कसप असोज १२ र १३ गते दुई दिन सञ्चालन हुदै छ ।



यस्तै सो दुई दिने वर्कसपको कार्यक्रमको समाचार संकलनका लागि कुनै पनि मिडियालाई नबोलाउने निर्णय  पनि समाजले गरेको बुझिएको छ ।