मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एस् फेमिली ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/26

नायिका ऋचा घिमिरेलाई अचम्म लागेछ जव उनले आफ्नो सवै परिवारका सदस्यको नाम एस्  बाट उठेको चाल पाईन् । त्यो चाल पाएको बिषय उनलाई नौलो लागेछ र सो कुरालाई  फेसफुक वालमा लेख्न पनि भ्याईहालिन ।

 होम प्रोडक्सनको आफ्नो चलचित्र 'वीरताको चिनो' प्रमोशनका लागि लण्डन गएकी नायिका घिमिरेले आफ्नी आमाको नाम, स्वर्गीय पिताको नाम, त्यस्तै दुई जना दाजुको नाम, भाउजू नाम तिनिहरूको छोराछोरीको नाम साथै पतिको नाम  र आफ्नो निक नेम  समेत अंग्रेजी अक्षर एस बाट उठेको फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

सबैले उनलाई ऋचा भनेर चिने पनि उनको अर्को नाम सुसी हो । उनको आमाको नाम श्रुती घिमिरे हो । स्वर्गीय पिताको नाम पवन भएपनि उनलाई घरमा शम्भु भनेर बोलाईने गरिन्थ्यो । त्यस्तै उनको जेठो दाईको नाम सन्दिप हो । युरोपमा रहेका उनको कान्छो  दाईको नाम निर्मल भएपनि उनलाई घरमा निर्मलको साटो  सञ्जय भनेर बोलाउने गरिन्छ ।

यस्तै उनको  भाउजूको नाम शर्मिला, भदाको नाम सम्राट, भदैको नाम सञ्जु र गएको मंसिर महिना देखि न्यू फेमिलीमा इन्ट्री गरेकी ऋचाका पती तथा चलचित्रका निर्देशकको नाम पनि एस बाटै उठेको छ । उनको पतिको नाम  शंकर घिमिरे हो ।