मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वदेश फर्किए विश्व विजेता

फिल्मीखबर, काठमाण्डौ, 2010/09/27

अमेरिकी सरकारको आयोजनामा डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा विश्व विजेता बनेका नेपाली युवा निर्देशक अनुप पौडेल आधा महिने  अमेरिका भ्रमण सकेर नेपाल फर्किएका छन् ।


सेप्टेम्बर ७ तारिखका दिन अमेरिका गएका अनुपले अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन लगायत ओबामा प्रशासनका उच्च पदाधिकारीसंग भेट गरेका थिए ।
हिलारी क्लिनटनले उनलाई प्रमाणपत्र सहित सम्मान पनि गरेकी थिइन् । अनुप सपनाको देश भनेर चिनिने अमेरिकाको वाशिंङटन डिसीमा ६ दिन, न्यूयोर्कमा ५ दिन र लसएन्जलस शहरमा  ४ दिन  बसेका थिए । अमेरिकाको बसाईमा उनी विभिन्न फिल्म स्टूडियो तथा रियालीटी शोमा सहभागी समेत भएका थिए ।




प्रजातन्त्रलाई कालोको परिभाषा दिदै उनले बनाएको १ मिनेट २९ सेकेण्डको सो भिडियोले विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीलाई उछिनेको थियो । गएको असार ७ गते अमेरिकी सरकारले सो प्रतियोगितामा अनुप विश्व विजेता भएको घोषणा गरेको थियो ।

 

विश्व विजेता बनेपछी एकाएक चर्चाका पात्र बनेका पौडेलले फिल्मीखबरसंग कुरा गर्दै 'अमेरिकाका विभिन्न संस्थाले नयाँ काम गर्दा आफुलाई सहयोग गर्ने बचन समेत दिएको' बताएका छन् ।