मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्ड फिल्म फियष्टा अवार्ड 'लष्ट'लाई

फिल्मीखबर, काठमाण्डौ, 2010/09/27

राजधानीमा आयोजना भएको चार दिने बर्ड फिल्म फियष्टामा २३ मिनेटको चलचित्र 'लष्ट' उत्कृष्ट ठहरिएको छ ।

 २ मिनेट देखि ३० मिनेट सम्मका ४४ वटा चलचित्र र बृत्तचित्र समावेश गरिएको फियष्टामा २४ वटा  चलचित्र प्रतिष्पर्धामा सहभागी थिए । जस मध्ये लष्टले सवै भन्दा बढी अंक ल्याउदै उत्कृष्ट अर्वाड जितेको हो । काल्पनिक बिषय बस्तुमा निर्माण गरिएको लष्टका निर्देशक राजन खत्तेट हुन ।  सेन्सर बोर्डको अबरोध पछी १९ दिन पछी पुनः सञ्चालन भएको फियष्टामा अन्य दुई  चलचित्रलाई काल्पनिक र अकाल्पनिक गरी एक-एक वटा अवार्ड प्रदान गरिएको छ । काल्पनिक तर्फ निगम श्रेष्ठको चलचित्र 'अन्तिम' उत्कृष्ट ठहरिएको छ । २३ मिनेट यो चलचित्रमा नायक महेश शाक्य (कर्म) ले अभिनय गरेका छन् ।

यस्तै अकाल्पनिक तर्फ जगन घिमिरेको ३० मिनेटको डकुमेन्ट्री  'कुन्छा' उत्कृष्ट  ठहरिएको छ । दार्चुला बासीले यार्चागुम्बा संकलन गरेको बिषय यस डकुमेन्ट्रीमा समावेश गरिएको छ । कुन्छाको अर्थ हिमालयको  बसाई सराई भन्ने बुझिन्छ ।

गोपी कृष्ण मुभिजको प्रस्तुतीमा क्रिएटिभ इन्ट्रनेशनल प्रोडक्सन आर्ट (किपा)ले पहिलो पटक आयोजना गरेको महोत्सव गएको भदौ २१ र २२ गते सञ्चालन भएर बीचमै रोकिएको थियो । सो महोत्सव हिजो आईतबार देखि पुन दुई  दिनका लागि सञ्चालन भई सोमबार साँझ समापन गरिएको हो । यस्तै अबरोधका बाबजुत आयोजना गरिएको फियष्टामा हेल्पिङ हृयाण्ड अर्न्तगत  विभिन्न व्यक्तिहरूलाई पनि पुरस्कार दिईएको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने चलचित्रका टिमलाई गोपी कृष्ण मुभिजको  ब्यानरमा निर्माण हुने  चलचित्र तथा काल्पनिक र अकाल्पनिकमा उत्कृष्ट ठहरिएका चलचित्रलाई सवनम मुखियाको प्रोजेक्टमा काम गर्न दिइने छ ।