मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडी अब डाक्टर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/28

आफ्नो नामको अगाडी डाक्टर लेख्न कि एमबिबिएस गर्नु पर्छ कि कुनै एक बिषयमा पिएचडी  गर्नु पर्छ । तर नेपालका चर्चित्र कलाकार द्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले यि दुबै बिषयमा अध्ययन नगरी आफ्नो नामको अगाडी डाक्टर लेख्न पाउने भएका छन् ।

 

लामो समयदेखि कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्‍याएका मह जोडीलाई ग्रिनफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मानित गरेको छ । यो सम्मान सँगै अब उनीहरूले आफ्नो नामको अगाडी डाक्टर लेख्न पाउने छन् ।
 

 

सेन्ट्रल अमेरिका स्थित यो विश्वविद्यालयले सोमबार राजधानीमा आयोजना गरेको दीक्षान्त तथा वार्षिक समारोहमा मह जोडीलाई सम्मान गरेको हो । पहिलो पटक बिश्वको विश्वविद्यालयले यति ठूलो सम्मान दिएकोमा कलाकारद्वय आचार्य र श्रेष्ठ निकै खुसी भएका छन् ।