मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेजिनालाई एक पछि अर्को अफर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/28

पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा  मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।

 

यि चलचित्र सँगै रेजिनाले शोभित बस्नेतको चलचित्र 'युवराज' र जय किशन बस्नेतको चलचित्र 'तँ त सार्है नै सप्रिस नि बद्री' मा अभिनय गर्दैछिन् । रेजिनाले ९ बर्षको अवधिमा पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।



श्रीकृष्ण फिल्मस् एण्ड डान्स सेन्टर प्रा.लि तेस्रो प्रस्तुती रहेको सो चलचित्रको मंगलबार बिहान  शुभ मुहुर्त  गरिएको छ । राजेश हमाल, सुवास मेचे , रेजिना उप्रेती, रोहित कुमार तथा स्माइल श्रेष्ठको मुख्य भूमिकामा रहने सो चलचित्रका निर्देशक राजेन्द्र कुमार थापा हुन ।



 श्रीकृष्ण डंगोलको प्रस्तुती रहेको सो चलचित्रमा सुर्य दयालुको संगीत, केशव अधिकारीको छायाकंन र कुमार श्रेष्ठको द्धन्द्ध रहने छ । यस्तै शुभ मुहुर्त समारोहमा  महानता पछी अर्को चलचित्र 'धर्म वीर' पनि निर्माण गरिने घोषणा गरिएको छ ।