मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्धारामा खुल्यो मल्टिप्लेक्स हल

फिल्मीखबर, काठमाण्डौ, 2010/09/28

राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको  औपचारिक उद्घाटन गरिएको हो ।



 क्यू एफ एक्स अर्न्तगत सेन्ट्रल सिनेमाको नामकरण दिएको सो हल सुन्धारबाट त्रिपुरेश्वर जाने दाया साइडमा सिभिल मलको सातौ तल्लामा  अवस्थित छ । सो मल्टिप्लेक्समा एक साथ तीन चलचित्र हेर्न  सकिने छ ।
जसमा एउटामा थ्रीडी फर्मयाटमा बनेको चलचित्र, अर्कोमा अंग्रेजी र बाकी रहेको एउटामा हिन्दी र नेपाली चलचित्र दर्शकले हेर्न सक्ने छन् ।  क्यू एफ एक्स अर्न्तगत दक्षिण एसियामै  पहिलो पटक उच्च स्तरको प्रविधि सेन्ट्रलमा जडान गरिएको क्वेष्टले दाबी गरेको छ ।


ती तीनवटा हलमा जम्मा ९ सय ४० सिट संख्या रहेको छ । यस अघि राजधानीको हात्तिसारमा जय नेपाल र कमलपोखरीमा कुमारी सिनेमा घर सञ्चालनमा ल्याएको क्वेष्टले सेन्ट्रललाई प्रमुख  सिनेमा भवनको संज्ञा दिएको छ ।