तीन महिना अघि किनेको कार चढेर मंगलबार साँझ सुन्धारा स्थित सिभिल मल पुगेका निर्देशक शोभित बस्नेत र आईतबार मात्रै 'मिस यू' को छायाकंन सकेर मलेसियाबाट फर्किएका निर्देशक सुरेश दर्पण पोखरेल लिफ्टमा अड्किन पुगे ।
अण्डरग्राउण्डमा आफ्नो सवारी साधन पार्किङ गरेर लिफ्ट मार्फत सिभिल मलको सातौ तल्लामा गईरहेको अवस्थामा छैठौ तल्लामा उनीहरू चढेको लिफ्ट ५ मिनेट सम्म अडकिएको थियो । निर्देशक बस्नेत र पोखरेलसंगै साईबर संसारकाका सञ्चालक दिपंकर कसजू, रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज, फिल्मीखबरका अनुप भट्टराई लगायत सात जना लिफ्टमा अडकिएका थिए ।
बेलुकीको ठीक साढे ६ बजको समयमा लोडसेडिङ भई दिदा उनीहरू लिफटमा अडकिन पुगेका हुन् । क्वेष्ट इन्टरटेन्मेन्टले आयोजना गरेको नयाँ मल्टिप्लेस सेन्ट्रल सिनेमा भवनको उद्धघाटन समारोहमा उपस्थित हुन पुगेका निर्देशक द्धोय बस्नेत र पोखरेल त्यो समय निकै डराएका थिए ।
समयमा जेनेरेटर स्टार्ट नहुँदा सिभिल मलका प्राविधिकहरूले सो लिफ्टमा अडकिएका सवैलाई उद्धार गरेका थिए । लिफ्टबाट आफ्नो उद्धार भएपछी लामो सास तान्दै निर्देशक बस्नेतले 'जिन्दगीमा पहिलो पटक यसरी लिफ्टमा अडकिएको' बताए । यस अघि आफ्नो जीवनमा यस्तो नघटेको उनको भनाई थियो ।