मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब सप्रिएको बद्री

फिल्मीखबर, काठमाण्डौ, 2010/09/29

'तँ त साह्रै बिग्रिस नि बद्री' भन्ने चलचित्रको नाम तपाईहरूले पहिलेनै सुन्नु भएको होला । हो अवश्य पनि  ९ बर्षअगाडी किरण केसीले निर्माण गरेको चलचित्र तँ त साह्रै विग्रिस नि बद्रीको नाममा बिग्रिस शब्द हटाएर निर्देशक शोभित बस्नेतले 'तँ त साह्रै सप्रिस नि बद्री'  नाम गरेको चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् ।



 ट्रेण्डी फिल्मस्को ब्यानरमा उनका भाई जय किसन बस्नेतले निर्माण गर्न लागेका सो चलचित्र पूर्ण हास्य प्रधान रहने बताइएकोछ । भोली बिहिबार सो चलचित्रको छायाकंन बारे पत्रकार सम्मेलन गरी जानकारी गराईने र शुक्रबार देखि छायाकंन सुचारू गरिने निर्देशक बस्नेतलले जानकारी दिए । विराज भट्ट, रेजिना उप्रेती, सुनिल थापाले अभिनय गर्ने सो चलचित्रमा जय किसन बस्नेत  मुख्य पात्र  बद्रीको भूमिकामा देखिदै छन् ।



यस चलचित्रमा जम्मा तीन वटा मात्र गीत समावेश गरिने छ । जसलाई मनोज राज भण्डारीले संगीत भर्ने छन् । एनबी महर्जनको द्धन्द्ध, शिव विकको नृत्य तथा कृष्ण श्रेष्ठले क्यामेरा चलाउने यो चलचित्रको सम्पूर्ण छायाकंन राजधानीमै गरिने बताईएको छ । मुख्य पात्र बद्रीको भूमिकामा देखिन लागेका जय किसन बस्नेतले यस अघि राजु राजाराम, धुम र बारूद निर्माण गरेका थिए । सो चलचित्रमा निर्देशक शोभितले पनि मुख्य पात्रको भुमिका निर्वाह गर्दैछन् ।