
दमौलीमा बुधबारदेखि दुई चलचित्र एकैचोटी प्रदर्शनमा आएका छन् । गत साता रिलिज भएको सुरेशदर्पण पोख्रेलको निर्देशन र नायक सुरज आरडीको निर्माण रहेको चलचित्र 'भूल भए माफ गर' र दिपक श्रेष्ठको निर्देशन र निर्माण रहेको 'हिम्मत-२' एकैसाथ प्रदर्शनमा आएका हुन् ।
भूल भए माफ गर मनकामना चलत्रित्र मन्दिरमा र हिम्मत-२ उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ । फेमिली ड्रामा श्रेणीमा राखिएको भूल भए माफ गर मा नायक निखील उप्रेती, सुरज आरडी, मेलिना मानन्धर, सन्जु परियार, सुनिलदत्त पाण्डे, गणेश उप्रेती लगायतको अभिनय रहेको छ भने हिम्मत-२ मा विराज भट्ट, युना उप्रेती, श्रीकृष्ण लुइँटेल, दिनेश डिसी, बसुन्धरा भुषाल आदिको मुख्य भूमिका छ ।