मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राज्यले मलाई नागरिकता दिए नेपाली फिल्मलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याइदिन्छु : तुलसी घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2010/09/29

निर्देशक तुलसी घिमिरेले नेपाल सरकारले आफुलाई नेपाली नागरिक सरह नगरिकता दिए नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याइदिने बचन दिएका छन् ।

 

बुधबार बिहान रेडियो कान्तिपुरको साप्ताहिक कार्यक्रम  बाईस्कोपमा हेम सुवेदीसंगको अन्तवार्ता दिने क्रममा  निर्देशक घिमिरेले '२०औ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिएपनि नेपाल सरकारले आफुलाई वेवास्ता गरेको' गुनासो ब्यक्त गरेका हुन । यस्तै अन्तवार्ता दिने क्रममा उनले भने 'राज्यले मलाई नागरिकता दिए नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याइदिन्छु ।' 



साठ्ठी बर्षीय प्रवासी  घिमिरेले नेपाली चलचित्र उद्योगमा झण्डै दुई दर्जन उत्कृष्ट चलचित्र निर्देशन गरेका छन् ।  यस्तै ४ बर्षको अन्तरालपछी पुनः कलिउड फर्किएका घिमिरेले निर्देशन गरेको चलचित्र देश प्रदर्शनको तयारीमा रहेको छ । यस बाहेक ८ करोडको बजेटमा पूर्ण एनिमेशनमा उनले निर्देशन गरेको अर्को चलचित्र 'गौतम बुद्ध' पनि चाडै नै प्रदर्शनमा आउने तयारीमा रहेको छ ।