मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार 'म्यानहटन फिल्म फेष्टिवल'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/29

विश्वका  २ सय शहरहरूबाट प्रतिनिधित्व गर्दै पर्सी शुक्रबार राजधानीमा  एक दिने म्यानहटन सर्ट फिल्म फेस्टिवल आयोजना हुने भएको छ ।

कमलपोखरी स्थित रूसी सास्कृतिक केन्द्रमा आयोजना हुने सो महोत्सवमा यूके, मेक्सिको, क्रुवेशिया, फ्रान्स, आयरल्याण्ड, अष्ट्रेलिया, क्यानेडा, पोल्याण्ड, जर्मनी र इटालीका ३ मिनेट देखि १८ मिनेट सम्मका १० चलचित्र देखाईने छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको संस्था म्यानहटनले  आयोजना गरेको सो महोत्सव एक साताको अन्तरमा  विश्वका सवै राष्ट्रमा एक एकै पटक आयोजना हुदै छ । नेपालमा यो महोत्सव गराउने जिम्मा मन्दाकिनी फिल्मस्  प्रालिले लिएको छ । 'एक विश्व,एक साता, एक महोत्सव'  भन्ने मूल नाराका साथ आयोजना हुन लागेको विश्वव्यापी चलचित्र महोत्सवमा उत्कृष्ट १० छोटा चलचित्रहरू समावेश गरिएको छ । यि दशै वटा  चलचित्र अन्य मूलकुमा पनि देखाईने छ ।

विश्व व्यापी नारा एक भएपनि मन्दकिनीले 'चलचित्रको माध्यमबाट समाज परिवर्तनको प्रयास'  भन्दै महोत्सव आयोजना गर्न लागेको हो । नेपाली चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तिहरूको उपस्थितमा शुक्रबार दिउँसो साढे एक बजे देखि सुरू हुने सो महोत्सव जम्मा दुई घण्टा सम्म चल्ने छ ।


जुरी विनाको सो महोत्सवमा दर्शकनै जुरी रहेने आयोजकले जनाएको छ । फिल्मीखबरलाई दिएको जानकारी अनुसार फिल्म हेरिसकेपछी जुन चलचित्रले बढी मत ल्याउछ त्यो मतलाई न्यूयोक पठाईने  र अन्य देशका शहरबाट कलेक्सन गरिएको मतसंग जोड्दै जादा जसको धेरै मत हुन्छ उसलाई पुरस्कार दिईने छ ।

महोत्सवमा देखाईने सबै  चलचित्र  निशुल्क  हेर्न सकिने छ ।