मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको तेह्रौ खुड्किलो

फिल्मीखबर, काठमाण्डौ, 2010/09/29

अहिलेका चर्चित नायक आर्यन सिग्देल शुक्रबार बाट तेह्रौ चलचित्रमा अभिनय गर्दैछन्  ।



 २०६३ सालमा रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र 'किस्मत' बाट डेब्यू गरेका नायक सिग्देलले  ४ बर्षको अवधिमा दर्जन चलचित्रलाई आफ्नो पोल्टामा पार्न सफल भएका हुन । क्रमश दर्जन  चलचित्र  किस्मत, मौसम , मेरो एउटा साथी छ, हिफाजत, सपना,  फल्यासब्याक, कसले चोर्‍यो मेरो मन, कोही मेरो, फष्टलभ,  बन्दी, मेरो लभस्टोरी ,आईएम सरीमा अभिनय गरिसकेका नायक आर्यनले सुदर्शन थापाको तेस्रो चलचित्र 'के यो माया हो' गरी आफ्नो चलचित्रको संख्या दर्जन जोड एक अर्थात १३ बनाएका हुन ।



आर्यनले सुदर्शनको पहिलो चलचित्र 'मेरो एउटा साथी छ' मा दमदार अभिनय गरेका थिए । यस्तै आर्यनलाई नै लिएर सुदर्शनले आफ्नो दोस्रो चलचित्र 'लभस्टोरी' बनाएका छन् जुन चलचित्र अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।



बेजोड अभिनयका कारण दिनानु दिन एक पछी अर्को चलचित्रको प्रस्ताव पाउन थालेपछी एउटा चलचित्र बपात ६ लाख समेत लिन थालेका आर्यनले पछिल्लो चरणमा अधिकाशं चलचित्रकर्मीको मन जित्न थालेका छन् । शुक्रबारबाट दशै सम्म उनी जोमसममा  आफ्नो १३औ चलचित्रको सुटिङ ब्यस्त रहने छन् ।



उनीसंगै नायिका अरूणिमा लम्साल सुस्मा कार्की  र सौगात मल्लले पनि अभिनय गर्दैछन् । अरूणिमा र आर्यन दोस्रो पटक चलचित्रमा एक साथ देखिन लागेका हुन । उनीहरू यस अघि बिजय केरूङको चलचित्र 'बन्दी'मा अभिनय गरिसकेका छन् । तर यि दुवै चलचित्रमा उनीहरू एक अर्काका जोडीको रूपमा भने रहने छैनन् ।


सुटिङका लागि बुधबार पोखराको बसाई पछी बिहिबार बिहान जोमसोम प्रस्थान गर्न लागेका आर्यनले शुक्रबाट आफ्नो तेह्रौ खुड्किलो पार गर्दैछन् । अधिकाशं खुड्किलो सफल टेकेका आर्यनले यो खुड्किलो कसरी टेक्छन् त्यो भने पखाईको बिषय बन्न सक्छ  ?