मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दीपशिखा'लाई आधा घण्टा काटिने

फिल्मीखबर, काठमाण्डौ, 2010/09/30

२ घण्टा ५७ मिनेट लामो चलचित्र 'दीपशिखा' लाई अधिकाशं दर्शकले लामो भन्ने गुनासो ब्यक्त गरेपछी अन्तत् सो चलचित्रलाई आधा घण्टा छोट्याइने भएको छ । 



सो चलचित्रका निर्माता तथा निर्देशक नरेश पौड्यालका अनुसार 'लागिसकेको हलमा केही  दिन रोकेर भएपनि चलचित्र छोट्याउने तयारी भइरहेको' फिल्मीखबरलाई जानकारी दिएका छन् ।   गएको भदौ २५ गते देखि देश व्यापी प्रदर्शनमा आएको सो चलचित्रलाई नायिका अरूणिमा लम्सालले लेखिकी हुन । चलचित्र लामो भएको कारणले विशेषत नाईट शो हेर्ने दर्शकको लागि आफ्नो चलचित्रले बढी असर पारेको निर्देशक पौड्यालको भनाई छ ।


मोफसलका हलहरूमा बेलुकीको शो हेर्न गएका दर्शकहरू अबेर राति सम्म बस्दा घर फर्कने समस्या भएको गुनासो आएपछी पौडेलले चलचित्र छोट्याउने मनस्तिथि बनाएका हुन । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको सो चलचित्रको प्रिमियरपछी नै धेरै चलचित्रकर्मीले नरेशलाई फिल्म लामो भएको प्रतिक्रिया दिएपछी उनले प्रदर्शनको सुरूवात देखिनै 'दीपशिखा' लाई छोट्याउने तयारी गरिरहेका थिए ।



विग प्रोजेक्टको भनिएको नरेशको दीपशिखा लामो भएकै कारण सन्तोष जनक ब्यापार गर्न नसकेको हो ।  एउटा गतिमा बगिरहेको चलचित्रलाई पुनः सम्पादन गरेर दर्शक सामु लैजादा कस्तो प्रतिक्रिया आउला त्यो भने नरेशको लागि पर्खाईको बिषय बन्न सक्छ ।