मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'देश'को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/30

चार बर्षको अन्तरालपछी तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र 'देश'को बिहिबार बिहान प्रिमियर गरिएको छ ।

 

काठमाण्डौको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा थोरै चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितमा सो चलचित्रको प्रिमियर गरिएको हो । भोली शुक्रबारबाट उपत्यकाका १५ सिनेमा घरहरूमा प्रदर्शनमा आउन लागेको सो चलचित्रका प्रस्तुतकर्ता श्रवण घिमिरे हुन । श्रवणको यो ११औ चलचित्र हो । राजेश हमाल मुख्य पात्र रहेको यस चलचित्रमा हमालका अलवा निखिल उप्रेती, निरूता सिहँ, मिथिला शर्मा, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, हेमन्त बुढाथोकी,  लगायतको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको यस चलचित्र २ घण्टा २५ मिनेट लामो छ । चलचित्रमा शम्भुजीत बास्कोटाको संगीत, राजेन्द्र खड्गीको द्धन्द्ध, दिनेश अधिकारीको नृत्य तथा राजु थापाको   छायाकंन रहेको छ ।

देश भक्तिको भावना युवामा हुनु पर्छ र भष्ट्रचार बन्द हडताल सधैका लागि अन्त्य गर्दै राष्ट्रको बागडोर युवाले सम्हाल्नु पर्छ भन्ने मुख्य सन्देश यस चलचित्रले दिन खोजेको छ