
निर्देशकहरूका पनि निर्देशक अर्थात निर्देशक समाजका अध्यक्ष केपी पाठकले फेसबुक चलाउन थालेको झण्डै एक बर्ष भयो ।
अनलाईन सामाजिक सञ्जाल फेसबुक बढी चलाउने निर्देशकहरूको तुलनामा उनी सायद अग्रपक्तिमा आउछन् होला । उनको फेसबुक फ्रेण्ड संख्या पनि झण्डै १३ सयको हाराहारीमा छ । 'म फेसबुक त खोल्छु तर नया फ्रेण्डहरूलाई कहिलै एड गर्दिन' उनले आफ्नो फेसबुक स्र्टाईल सुनाई हाले । 'च्याट गरिहाले भने पनि कोही विशेष ब्यक्तिसंग मात्र गर्छु' उनले भने ।
प्रत्येक दिन बिहान उठ्ने वित्तिकै रेडियोबाट समाचार सुनेपछी उनी एक घण्टा र राति खाना खाईसकेपछी केही समय फेसबुक चलाउदा रहेछन् । नेपाली निर्देशकहरू इमेल र इन्टरनेटबाट टाढा भईरहेका बेला केपीले आफु अपडेट हुनका लागि आजकाल सधै इन्टरनेटको प्रयोग गर्न थालेका हुन ।
१३ सयको संख्यामा उनको फ्रेण्ड लिष्ट भएपनि ती कसैलाई आफुले रिक्वेष्ट नपठाएको केपीको दाबी छ । 'आफुलाई त कसरी रिक्वेष्ट पठाउछन त्यो पनि थाहाँ छैन' तर आएका जति सवै रिक्वेष्टलाई म स्वीकार गर्छु उनले भने ।'