नेपाली निर्माताहरू आफुलाई धेरै नै पैसावाल सोचेर हो वा के हो उनीहरू सानो तिनो काममा अल्झिन चाहँदैनन् । सानो काम सानो मान्छेले गर्नु पर्छ भन्दै उनीहरू तर्किन खोज्छन् ।
तर दुई दशक यता एक छत्र चलचित्रको निर्माता भएर आफ्नो परिचय बनाएका निर्माता छविराज ओझा निसंकोच आफ्नो कामलाई सानो ठूलो नभनि सडक-सडकमा पोस्टर टाँस्दै हिड्न थालेका छन् । कलिउडकी टप नायिका रेखा थापाको पति समेत रहेका छवि होम प्रोडक्सनको पाँचौ चलचित्र 'कसले चोर्यो मेरो मन' को पब्लिसिटीको लागि सडक-सडकका पसल तथा भित्ताहरूमा पोस्टर टाँस्दै ब्यस्त हुन थालेका हुन ।
छाविको पाँचौ प्रोजेक्ट अर्न्तगतको चलचित्र 'कसले चोर्यो मेरो मन' यहिँ आउँदो असोज २९ गते देखि देश ब्यापी प्रदर्शनमा आउँदै छ । प्रदर्शनमा आउन लागेको उनको पाँचौ चलचित्र सफल होस भन्नका लागि उनलाई कुनै पनि काम गर्न लाज लाग्दैन रे । 'कसले चोर्यो मेरो मन' प्रदर्शनको मुख-मुखमा आईरहेका बेला रेखा पनि सुटिङमा ब्यस्त भएकाले छवि यो समय एक्लो हुदै चलचित्रको पब्लिसिटीमा जुटेका हुन्।
फिल्म इन्डस्ट्रीमा मिहिनेती र लक्की निर्माता भनेर चिनिएका छवि आखिर किन त यसरी पोस्टर टास्दै हिड्छन् ? के उनलाई काम गर्ने मानिसको खाचो भएको हो ? वा अरूको विश्वास गर्न नसक्दा आफै पब्लिसिटीमा बाध्य भएर लाग्नु परेको हो ? छवि माथि यो प्रश्न चिन्ह पक्कै लाग्नेछ ।