मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो 'म्यानहटन फिल्म फेस्टिवल'

फिल्मीखबर, काठमाण्डौ, 2010/10/01

विश्वका २ सय सहरहरूको प्रतिनिधित्व गर्दै  शुक्रबार राजधानीमा आयोजित एक दिने म्यानहटन फिल्म फेस्टिवल सम्पन्न भएको छ । 

 

राजधानीको कमलपोखरी स्थित रूसी सास्कृतिक केन्द्रमा आयोजित २ घण्टे महोत्सवमा यूके, मेक्सिको, क्रुवेशिया, फ्रान्स, आयरल्याण्ड, अष्ट्रेलिया, क्यानेडा, पोल्याण्ड, जर्मनी र इटालीका ३ मिनेट देखि १८ मिनेट सम्मका १० चलचित्र देखाईएको थियो ।

 ती चलचित्रहरूलाई निर्देशक केपी पाठक, नरेश पौड्याल, उज्जवल घिमिरे, आकाश अधिकारी, विकास आचार्य, सुरेश दर्पण पोख्रेल  राजेन्द्र उप्रेती नायक रेश मरहठ्ठा  लगायत ओस्कार कलेज अफ फिल्म स्टडिजका विद्यार्थीहरूले हेरेका थिए ।

विश्व भर एक साताको अन्तरालमा भईरहेको यो महोत्सव गर्ने जिम्मा  मन्दाकिनी फिल्मस् प्रालिले लिएको हो । विश्व भर गएको १२ बर्षदेखि आयोजना हुदै आएको यो महोत्सवम नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो ।  'एक विश्व,एक साता, एक महोत्सव' भन्ने मूल नाराका साथ आयोजना भएको यो विश्व व्यापी महोत्सव  गएको २६ तारिख देखि संसार भर जारी छ । यि दशै वटा  चलचित्र अन्य मूलकुमा पनि देखाईने छ ।

जुरी विनाको सो महोत्सवमा दर्शकनै जुरी रहेका थिए । फिल्म हेरिसकेपछी दर्शक भोटका आधारमा जुन चलचित्रले बढी मत ल्याउछ  त्यो मतलाई प्रमुख कार्यक्रम स्थल अमेरिकाको न्यूयोर्क  पठाईने  र अन्य देशका शहरबाट कलेक्सन गरिएको मतसंग जोड्दै जादा जसको धेरै मत हुन्छ उसलाई पुरस्कार दिईने छ ।