
मह जोडी अथार्त मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्यले अभिनय गरेको पछिल्लो चलचित्र 'हासिदेऊ एक फेर'को अडियो सिडि सार्वजनिक गरिएको छ ।
राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्याक्रममा हास्यकलाकार द्धोय महले सो सिडि विमोचन गरेका हुन । तेजस्वी फिल्मस् प्रालिको पहिलो प्रस्तुती रहेको यो चलचित्र कमेडी बेसमा आधारित छ । चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, नायिका स्वेता खड्का, राजबल्लभ कोइराला तथा शुशिल क्षेत्री रहेका छन् ।
राजेश कुमार स्वंगमिखा निर्माता तथा रमेश त्वयानाको प्रस्तुती रहेको यस चलचित्रमा जम्मा चार वटा गीत रहेका छन् । प्रदर्शनको पालो कुरेर बसको चलचित्र हासि देऊ एक फेरका सवै गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । १ सय ५० रूपैया पर्ने अडियो भिसिडीको बिक्रि वितरणको जिम्मा सम्झना अडियो भिडियोले लिएको छ ।