मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीको अर्को नौटङ्की

फिल्मीखबर, काठमाण्डौ, 2010/10/01

विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भुवन केसी र उनकी कान्छी श्रीमती सुस्मिता केसीबिचको सम्बन्ध निकै गजबको देखिदै छ । बर्षै पिच्छे यो जोडीको  खटपटको समाचारहरू बारम्बार सञ्चार माध्यममा छाईनै  रहन्छ ।

 


दश बर्षधि नै जेठी श्रीमती विजयासँग र आठ बर्ष अधि अर्थात् २०५९ साल असार महिनामा काठमाडौं जिल्ला अदालत पुगेर कान्छी श्रीमती सुस्मितासँग कानुनीरूपमै सम्बन्ध विच्छेद गरिसकेपछि पनि नायक भुवन केसी र नायिका सुस्मिता केसी आफ्नो छोरा अनमोल केसीको साथमा सँगै बस्दै आएका थिए । तर यिनीहरू कसरी र कुन रूपमा सँगै बसिरहेका छन् भन्ने कुरा सायदै कमलाई मात्र थाहा हुन सक्छ ।

 


पारपाचुके पछि लोग्नेस्वास्नीको सम्बन्धबाट अलग रहेका नायक केसी र उनकी भुपू श्रीमती सुस्मिता लामो समय देखि एकै छाना मुनि बस्दै आएका थिए तर अब भने यि दुईको छाना अलग भएको छ । यानकी नायक भुवनले पूर्ण रूपमा सुस्मितालाई छोडेको बताएका छन् ।

 

नेश्नल टेलिभिजनसँग कुरा गर्दै केसीले केहि महिनादेखि आफूहरू अलग बस्न थालेको बताएका छन् । छोराको भविष्यका लागि मात्र सुस्मितालाई घरमा बस्न दिएको बताउने भुवनले अब छोराकोले आफ्नो भबिश्य आँफै बनाउन सक्ने भएकोले सुस्मितालाई छोडेर अहिले आफू छोरा अनमोलसँग बस्न थालेको बताए ।

 

नेपाली समाजमा प्राय बिबाह एक पटक गरिन्छ । बिबिध कारणबश त्यो पनि बाध्यतामा डिभोर्स पनि एकै पटक मात्र हुन्छ तर यि नायकले आफ्नो जीवनमा सम्बन्ध जोड्ने र तोड्ने काम बारम्बार गर्ने गरेका छन् ।

 

भनिन्छ कलाकार भनेको समाजको ऐना हो तर चलचित्रमा लामो समय देखि आफ्नो कलाकारिता प्रस्तुत गर्दै आएका यि नायकबाट कस्तो अपेक्षा गर्ने ? भुवन केसी जस्तो सदाबहार नायकले यस्तो नाटक बेला बेलामा देखाउँदा चलचित्र क्षेत्रमा आउन चाहने भावी कलाकार र दर्शकहरूले कस्तो पाठ सिक्ने त ?

 

भुवन केसीले नेश्नल टेलिभिजनलाई दिएको अन्तवार्ताको एक अंश