मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

त्यो बेला झरनाको के काम ?

फिल्मीखबर, काठमाण्डौ, 2010/10/02

शुक्रबार बेलुकी ६ बजेको समय थियो । नायिका झरना थापा कार्यक्रममा उपस्थित हुदै छिन भन्ने कुरा सायदै लाई थाहा थियो । नायक श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्का, निशा अधिकारी कार्यक्रम सुरू भएको केही मिनेटमा उपस्थित भएका थिए भने उनीहरूसंगै निर्धारित समयमा निर्देशक नरेश पौड्याल, रमेश बुढाथोकी, दिनेश डिसी, ऋषि लामिछाने, निरक पौडेल लगायतका थोरै चलचित्र कर्मीको पनि सहभागीता थियो ।



दुई घण्टा सम्म चलेको सो कार्यक्रमका बीचमा  चलचित्रकर्मीहरू आउने जाने भईनै रहे । कोहीले  डिनर र हृवीस्कीको समयमा मात्र  आफ्नो उपस्थिती जनाएका थिए  कोही भने आउने वित्तिकै फर्किएका पनि थिए ।



तर नायिका झरना थापा भने अचम्मको समयमा त्यो कार्यक्रममा उपस्थित भइन्  । जव कार्यक्रम पूर्ण रूपले सकिएको थियो तब झरना आफ्नो देबरबाबुको साथमा कारमा हुइकिएर  अनुहार देखाउन  टुप्लुक्क आईपुगिन । ६ बजे नै सुरू भएको सो कार्यक्रममा झरना आईपुग्दा  त्यति बेला घडीले ८ बजेर ३ मिनेटको संकेत दिईरहेको थियो ।



चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा अवार्डको नोमिनेशन सार्वजनिक कार्यक्रममा उनलाई साढे ५ बजे उपस्थित हुन निम्तो दिएपनी उनी निर्धारित समय भन्दा २ घण्टा ढिला उपस्थित भएकी थिइन् । झरना सो समयमा उपस्थित हुदा  ककटेल र सामान्य ड्राइ  डिनर पार्टी पनि  पूर्ण रूपले सकिएको थियो । कार्यक्रम सकिएको थाहा पाउदा उनको अनुहार खुम्चिएको थियो । त्यो समय उनलाई लाज लागिरहेको थियो ।  गाडी बाट ओर्लने वित्तिकै गेटमै  धेरै ढिला आईयो नि किन ? भन्ने फिल्मीखबरको प्रश्नमा उनले उत्तर फर्काइन 'सुटिङ थियो त्यसैले ।'  



अरे... झरना जी व्यस्त हुनुहुन्थ्यो भने नहाउँदा भै हाल्थयो नि किन कार्यक्रम सकिएपछी आएको त ?  कार्यक्रममा उपस्थितिका लागि तपाईलाई त साढे पाँच बजेको नै समय दिईएको थियो । कि नेपाली टाइम भनेर तपाईले हेप्न खोज्या हो ?  त्यो त बुझिएन नी...........