मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैमा महले माटोको टिका लगाउने

फिल्मीखबर, काठमाण्डौ, 2010/10/02

यो बर्षको दशैमा बरिष्ठ हास्य अभिनेता द्धोय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माटोको टिका लगाउने भएका छन् ।



शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले नेताहरूको कारण देश रोईरहेको अवस्थामा  मन शान्तिका लागि माटोको टिका लगाउने बताएका हुन ।

 

देशको चिन्ता लिदै हरिबंशले भने 'देश साह्रै दुःखी अवस्थामा रहेका बेला यसपालि देशको माटो पहिलो निधारमा राखेर अनि मात्र दुर्गा माताको टिका लगाउछु ।'  हरिबंशले सवै राजनीतिक दलका नेताहरूप्रति लक्षित गर्दै यो पालिको दशैमा भुइँको टिको लगाएर मात्र दुर्गा माताको  टिका लगाउन उनीहरूलाई आग्रह पनि गरेका छन् । 


यस्तै हरिबंशको भनाईलाई अझै थप्दै मदनकृष्णले शान्तिका लागि भएपनि यो पालिको  दशैमा सवै नेपालीले पहिला धर्तीमाताको टिका लगाएर मात्र  अर्को टिका लगाउनु पर्ने बताए ।