मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चिण्डे हुदैछन् राजकुमार

फिल्मीखबर, काठमाण्डौ, 2010/10/02

निर्माता संघका अध्यक्ष राजकुमार राईलाई आफ्नो  डेढ फिट  लामो कपालले निकै हैरान पारेछ । भीडभाडमा हिडिरहेको बेला  धेरैले उनलाई पछाडीबाट खै दिदी बाटो छोड्नुस समेत भनेका रहेछन् । केहीले त  निर्माता भएको कारण चलचित्र चलाउन दादागिरी आवश्यक परेकाले उनले सो कपाल पालेको आरोप समेत लगाउने गरेका छन् ।



तर अब ती आरोप र सवै अप्ठयाराहरूलाई चिर्दै निर्माता राईले विगत १६ बर्षदेखि पाल्दै आएको आफ्नो कपाललाई निमिट्यान्ने पार्ने भएका छन् । फिल्मीखबरसंग कुरा गर्दै उनले भने 'अब यो कपाल काट्दैछु साह्रै नै हैरान भयो ।'  कपाल सिल्की र नरम भएपनि समय र उमेर अनुसार  आफुमा परिवर्तन ल्याउन लागेको उनको भनाई छ ।  उनको त्यो कपाललाई धेरैले राम्रो भनेर तारिफ पनि गर्ने गर्छन र त्यो कपाल साच्चै तारिफ गर्न योग्य पनि छ ।


 
तर त्यो तारिफ अब एक महिनाको लागि मात्र हो । किन कि आफ्नो छैठौ प्रजेक्ट 'पहिचान' को शुभ मुहुर्तको दिन उनले सो कपाललाई पूर्ण रूपमा काट्ने भएका छन् । 'पहिचान' को शुभ मुहुर्त आगामी कार्तिक महिनामा हुदै छ । २०५६ सालबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका ३६ बर्षे राईले हाल सम्म मनै त हो, संगम, त्रिवेणी, पापी मान्छे, पापी मान्छे २ जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।


६ महिना अघि निर्मातासंघको अध्यक्षमा चुनिएका राईले कस्तो गेट अप बनाउलान त ? गेटअप प्रतिउत्तर दिदै राईले भने 'मिक्स म्याक्स ।'  त्यो मिक्स म्याक चिण्डे पनि हुन सक्ने उनको सुस्त प्रतिक्रिया थियो । यध्पी राईले आफ्नो लामो कपाललाई एक डेढ इन्च सम्म पाल्ने बढता सोचाई बनाएका छन् ।