मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'देश'मा देखिएको देश भक्ति

फिल्मीखबर, काठमाण्डौ, 2010/10/03

चार बर्षको अन्तरालपछी चलचित्र देश लिएर कलिउड फर्किएका निर्देशक तुलसी घिमिरेले देशको माया धेरै देखाएका छन् । दुई दशक भन्दा बढी नेपाली चलचित्र क्षेत्रलाई उत्कृष्ट चलचित्र दिएका तुलसीले आफ्नो पछिल्लो प्रोजेक्टमा पनि त्यस्तै मिहिनेत गरेको देखिन्छ तर  मात्र ४५ मिनेट सम्म । २ घण्टा २५ मिनेटको चलचित्र देशको सुरूवातमा जसरी कथा बगेको पाईन्छ त्यसपछी आउने प्रत्येक दृश्यहरू सामान्य भईदिदा दर्शकलाई बोर लाग्न सक्छ  ।


भारतीय सुरक्षा फौजको रूपमा रहेका प्रस्तुतकर्ता श्रवण घिमिरेले सुरूवातका आधा घण्टा सम्म दिएको चलचित्रको सम्पूर्ण दृश्य,कथा लगायत अन्य पक्ष  तारिफ योग्य छ ।  चलचित्र सुरू हुनु भन्दा पहिलेनै यो कथा ३० बर्षअगाडीको भनेर दर्शकलाई जानकारी गर्राईएकाले कथा पुरानै प्याटनको हुन जान्छ र दर्शक पनि ३० बर्ष अगाडीको त्यो दृश्यमा बाधिन पुग्छन् । त्यो बधाईलाई निर्देशक घिमिरेले राम्रोसंग कस्न सकेका छन् ।



सामाजिक चेतनामुलक कथामा आधारित चलचित्र 'देश'का लेखक तथा गीतकार स्वयम निर्देशक घिमिरे रहेकाले कथाको भाव अनुसारको गीत  भएपनि ती गीतहरूमा उनको  पुरानो चलचित्र लाहुरेको झझल्को भेट्न सकिन्छ् ।  गीतहरूमा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । संगीत पक्ष ठिकै रहेको यस चलचित्रमा दिनेश अधिकारीको नृत्य पक्ष राम्रो छ । उनले गीत अनुसारको नृत्य  निर्देशकन गरेका छन् । चलचित्रमा राजु थापाको छायाकंन पक्ष सामान्यनै देखिन्छ । 


निर्देशक घिमिरेले सम्बन्धको आधारमा मात्र  राजेन्द्र खड्गीलाई चलचित्रमा अनुबन्धीत गरेका कारण राजेन्द्रले गरेको द्धन्द्ध निर्देशनमा कथाले कहि पनि मागेको छैन । यस चलचित्रको द्धन्द्ध पक्ष सवै भन्दा झुर पक्ष हो ।



नेपालको अहिलेको जल्दाबल्दा समस्याहरू भष्ट्रचार, क्याम्पसे विद्यार्थीहरूको नेतागिरी, झुठको खेती, मेनपावर व्यवसाय, बन्दहडताल जस्ता समस्यालाई चलचित्रमा देखाउन खोजिनु राम्रो पक्ष हो तर प्रस्तुती फितलो भईदिदा दर्शकले अनुभवी निर्देशक भनेर चिनिएका घिमिरेलाई गाली समेत गर्न सक्छन् ।


चलचित्रमा पात्र अभिनयलाई राम्रै मान्न सकिन्छ । सवै भन्दा उत्कृष्ट अभिनय निर्देशक घिमिरेको आमा नर्वदा घिमिरेले गरेकी छिन् । कथाले मागे अनुसारको पात्र र त्यही अनुसारको अभिनयका कारण नर्वदाको अभिनयलाई दर्शकले धेरै नै स्यावासी दिन सक्छन् । प्रमुख भूमिकामा रहेका र्डाईलग मास्टर महानायक राजेश हमालको भूमिका दर्विलो छ । तर पनि केही स्थानमा निर्देशकले कथालाई डोर्‍याउन नसक्दा राजेशको अभिनय माथि नै प्रश्न गर्न सकिने ठाँउ भेटिन्छन ।

 

जस्तै घुस पनि नखाने र मृत्यु देखि पनि नडराउने पत्रकार भास्करको भूमिका देखिएका राजेशले कुनै मन्त्रीको घरमा गएर आर्दशको भाषामा तथानाम गाली गर्नु अनि सिधै फर्कनु कमजोर पक्ष जस्तो देखिन्छ । त्यो गाली एकोहोरो मात्र भएकाले त्यस्ता दृश्य नराखेकै भए राम्रो हुन्थ्यो । यस्तै अर्का नायक निखिल उप्रेती तथा नायिका निरूता सिहँको अभिनय पक्षलाई  ठीकै मान्न सकिन्छ । उनीहरू चलचित्रको कथालाई अगाडी बढाउने साघुँ पात्र मात्र हुन ।


अन्य नेपाली चलचित्रहरूमा जस्तै यो चलचित्रमा पनि स-साना कुरामा गल्ती भेटिएका छन् । जस्तै रातिको समयमा सानो नातिलाई डोर्‍याएर   दियोलोको काचो हागाँको राको बनाएर  घर गईरहेकी नर्वदाले बोकेको त्यो हाँगो पूर्ण रूमपा सुकेको देखिन्छ जुन दृश्यमा दर्शकको आखामा छारो हाल्न खोजेको प्रष्ट हुन्छ । दियालोका हागा काचोमा पनि बल्ने भएकाले सुकेको हागाँ देखाउनु आवश्यक थिएन् ।



यस्तै सुक्ष्म रूपले चलचित्रलाई अध्ययन गर्दा अर्को दृश्यमा मुकुन्द श्रेष्ठको शरिरमा आगो लगाएर मार्ने एक बच्चा लाई नायक राजेश हमालले त्यस्तो गर्नु हुदैन भन्दै अर्ति दिईरहेको अवस्थामा क्यामेराको सामुन्ने तर राजेश हमालको पछाडी रहेको एक तस्बिरको माला र्झन पुग्छ, त्यो भरेको मालालाई झरेकै अवस्थामा छोडेको भए राम्रो हुन्थ्यो तर एकै छिनमा त्यो तस्बिरमा नयाँ माला देखाएकाले निर्देशन पक्षमा प्रश्न गर्ने ठाँउ भेटिन्छ ।


चलचित्रको उत्तर्रार्थमा नेता बनेका विद्यार्थी समेत पत्रकार बन्दाको अवस्था लाजमर्दो छ । लाइभ टेलिभिजनबाट लाभई भनेर अर्न्तवार्ता लिईरहेको अवस्थामा त्यो अर्न्तवार्ता कुन टेलिभिजनको हो भन्ने कुरालाई दर्शकले प्रश्न गर्न सक्छन् ।  सार्वजनिक स्थानमा भाषणका लागि प्रयोग गरिएको माइकलाई टेलिभिजनका बुमसंग  दाजिएकाले प्राविधिक पक्षको अध्ययनमा पनि निर्देशनिय पक्ष कमजोर देखिन्छ ।




लाईभ गइरहेको अवस्थामा क्यामेराको तार कहि पनि जोडिएको देखिदैन जुन कुरा अपाच्य बन्न पुग्छ । पाका निर्देशक भनेर चिनिएका तुलसीले माइकमा कुनै नक्कली टेलिभिजनको बुम  जोडिदिएको भएपनि प्रत्यक्ष प्रसारणसंग जोडिएका अन्य दृश्यहरूलाई माफ गर्न सकिन्थ्यो । टेलिभिजन र पत्रकारहरूको भीडमा राजेश हमालाई मात्र एउटा पत्रकारको रूपमा देखाउन खोजिनु पत्रकार क्राउडको कमि चलचित्रमा महसुस हुन्छ । लाग्छ की चलचित्र पुरै  हेर्दा देश भरिमा एउटा मात्र पत्रकार छ ।



अनुभवी भएपनि तुलसीको देशमा थुप्रै प्राविधिक पक्षहरूको कमजोरी भेट्न सकिन्छ । चलचित्रमा सन्देशहरू राम्रो र समय सापेक्ष भएको कारण उनलाई धन्यबाद दिनु पर्ने हुन्छ । तर धन्यवाद दिएर मात्र हुदैन भन्ने कुरालाई तुलसीले अब बझ्न  जरूरी देखिन्छ ।