मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेशले किसको सिन नदिने

फिल्मीखबर, काठमाण्डौ, 2010/10/03

एक दशक अघिको चलचित्र 'चाहान्छु म तिमिलाई नै' बाट डेब्यू गरेका नायक रेश मरहठ्ठाले कुनै पनि चलचित्रमा किसको सिन नदिने बाचा गरेका छन् ।



फिल्मीखबर समक्ष बाचा गर्दै उनले भने म जिन्दगीमा कुनै फिल्ममा किसको सिन दिन्न । हाल सम्म  चाहान्छु म तिमिलाई नै,  पिजडा, स्वीकार, भागी-भागी नजाउ, काठमाण्डू र आफ्नै प्रोजेक्टको चलचित्र 'च्यालेन्ज'मा अभिनय गरेका नायक मरहठ्ठाले त्यो किसको अधिकार आफ्नो श्रीमतीलाई मात्र भएको भन्दै अन्य नायिकासंग त्यस्तो सिन नदिने बाचा ब्यक्त गरेका हुन । ३४ बर्षे यि  अविबाहित नायकले केही महिना भित्रै नेपाली युवतीसंग विबाह गर्ने तयारी समेत गरेका छन् ।



नायक बाहेक अमेरिकामा टिचर समेत रहेका रेश पछिल्लो चरणमा 'च्यालेन्ज'को सुटिङका लागि  नेपालमा नै बस्दै आएका छन् । हाल इडिटिङमा रहेको सो चलचित्र  उनको आफ्नै प्रोजेक्ट अर्न्तगतको हो । जहा“ बाट उनले निर्माताको छवि  समेत बनाउदैछन् ।



'म आफ्नो चलचित्रमा त किसको सिन दिन्न अरूकोमा के दिनु' 
उनले  भने । च्यालेन्जमा  किसको  सिन भएपनि आफुले त्यस्तो दृश्य दिन नसकेको उनको भनाई थियो । तर दर्शकले  त त्यस्ता दृश्य हेर्न  खोज्छन नी भन्ने फिल्मीखबरको प्रश्नमा उनले जवाफ फर्काए 'दिनु परे कुनै दिन दिउला तर अहिले भने दिन्न ।'