मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रियलको विज्ञापनमा महानायकलाई १२ लाख

फिल्मीखबर, काठमाण्डौ, 2010/10/03

एउटा चलचित्र खेलेवापत तीन देखी साढे तीन लाख लिने महानायक राजेश हमालले रियल जुसको विज्ञापन गरेवापत १२  लाख रूपैया लिएको तथ्य खुलेको छ ।


फिल्मीखबरलाई एक्सक्लुसिभ रूपमा प्राप्त भएको जानकारी अनुसार डाबर नेपालले रियल जुसको विज्ञापन गरिदिएबापत उनलाई बार्गेनिङ सहित १२ लाख रूपैयाको चेक दिएको हो ।  गएको असोज १२ गते अमेरिका गएका महानायक राजेश हमालले बार्गेनिङ गरेर थप तीन लाख डाबरसंग लिएको स्रोतले दाबी गरेको छ ।

गएका दुई तीन साता यता  रियल जुसको बारेमा विभिन्न सञ्चारमाध्यमले पटक-पटक नकारात्मक  समाचार छापेपछी खस्किएको डाबरको ब्यापरलाई माथि उकास्न महानायकलाई विज्ञापनको लागि प्रयोग गरिएको हो  । जस अनुसार एउटा राम्रो छवि बनाएका राजेशले सो विज्ञापनका कारण नकारात्मक टिप्पणी समेत खेपिरहेका छन् ।

गएको बिहिबारबाट उनले खेलेको सो विज्ञापन अखबारहरूमा  छापिएपछी उनी आलोचनाका पात्र पनि बनेका हुन् ।  नेपाली चलचित्र उद्योगका धरोहर नायकको रूपमा चिनिएका महानायक  हमाललाई सो विज्ञापन नखेल्न उनका शुभ चिन्तकले आग्रह गरेपनि पैसा धेरै पाँउने भएपछी अन्नत उनले त्यो विज्ञापनमा अभिनय गरेका हुन ।

डाबरले सुरूमा उनलाई ९ लाख दिएको थियो पछी आफुलाई आउने विवादलाई मध्यनजर गर्दिन हमालले आग्रह गरेपछी उनलाई थप पैसा दिएको स्रोतले दाबी गरेको  हो । शिक्षित नायक हमालले विवादका बाजुद किन त्यो विज्ञापनमा खेलेको भन्ने सवैको मनमा उब्जिरहेको प्रश्नको उत्तर त्यो १२ लाख रहेछ ।

एउटा चलचित्रमा अभिनय गर्ने भन्दा ४ गुण बढ्ता पैसा एकै दिनमा पाएका महाँनायक राजेश  हमालले पैसाको अगाडी महादेवको पनि त्रिनेत्र पनि खुल्छ भन्ने कुरालाई  चरितार्थ प्रस्तुत  गरिदिएका छन् ।