मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्लेन छुट्यो रेखाको

फिल्मीखबर, काठमाण्डौ, 2010/10/04

एक महिनाको पोखरा बसाईपछी आज काठमाण्डौ आउन लागेकी नायिका रेखा थापाको प्लेन छुटेको छ ।



बिहान ९ बजेको लागि  यति एयरको टिकट काटेकी रेखा समयमा एयरपोर्ट नपुग्दा उनले प्लेनलाई मिस गरेकी हुन । प्लेनलाई मिस गरेपछी रेखा ३ घण्टा सम्म पोखरा विमानस्थलमा बसेर १२ बजे को फ्लाईटमा काठमाण्डौ आईपुगेकी हुन ।



दशैको मुखमा दुईवटा चलचित्रको सुटिङका लागि महिनादिन सम्म पोखरा बसेकी नायिका थापा 'खुशी' र 'जलजला' को सुटिङमा ब्यस्त भईदिदा राजधानीका मिडिया तनावमा परेका थिए । अन्य नेपाली नायिकाको तुलनामा पहिलो पक्तिमा गनिने थापालाई दशैको मुखमा सयौ अर्न्तवर्ता दिनु पर्ने भएकाले पनि उनी आज काठमाण्डौ फर्किएकी हुन ।
 



यहि असोज २९ गते देखि उनको पछिल्लो प्रोजेक्टको चलचित्र 'कसले चोर्‍यो मेरो मन'  प्रदर्शनमा आउन लागेका बेला फिल्म पब्लिसिटीका लागि उनी बाध्य भएर आज काठमाण्डौ फर्किएकी हुन ।   अति ब्यस्त भएका कारण एयरपोर्ट उत्रिए लगत्तै  रेखा  नेपाल टेलिभिजनलाई अर्न्तवार्ता दिन  सिहदरबार जाने कार्यक्रम रहेको छ, त्यसपछी उनी  गृह मन्त्रालय  जानेछिन् । गएको बर्ष महानायक राजेश हमालसंग लागुपदार्थ दुर्व्यसनी विरूद्धको अभियानमा राजदुत बनेकी थापालाई गृह मन्त्रालयले आज प्रमाण पत्र दिदैछ ।
 



'कसले चोर्‍यो मेरो मन' को पब्लिसिटीका लागि निर्माता तथा  थापाका पति छविराज ओझा एक्लै पोस्टर टाँस्दै हिडेको समाचार फिल्मीखबरले प्रकाशित गरेपछि नायिका थापा काठमाण्डौ आउन हतार गर्नुको कारण यो पनि हुन सक्ने अनुमान गरिएको छ । सायद धेरै हतार गरेर   होस गुमाउदा आज उनले  बिहानको प्लेन नै मिस गर्न पुगिन् । 'चाँडो गए भन्न सकिन्न ढिलो गए अबश्य पुगिन्छ' भन्ने उखान रेखालाई थाहा रैनछ कि क्या हो ?