मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हृयाप्पी बर्थडे निशा

फिल्मीखबर, काठमाण्डौ, 2010/10/04

तीन बर्षअगाडी 'मिसन पैसा' बाट डेब्यू गरेकी नायिका निशा अधिकारी आजबाट २४ बर्षकी भएकी छिन् । तिथिले घटस्थापनाको दिन उनको जन्मदिन परेपनि मितिका हिसावले आजकै दिन उनी जन्मिएकी हुन ।



गएका बर्षहरूमा आजकै दिन साथीभाईसँग बर्थडे पाटी मनाउने गरेकी निशाले यो बर्ष भने केही दिन पछी मात्र बर्थडे मनाउने तयारी गरेकी छिन् ।  लामो समय देखि अमेरिकामा रहेका आफ्नो दाई नेपाल आएपछी मात्र  बर्थडे मनाउने तयारी रहेको निशाले बताईन् ।
उनका दाई दशैं मनाउन यहि असोज २९ गते नेपाल आउँदै छन् । 'त्यो बर्थडे पार्टी ठूलो हुने' उनको भनाई थियो ।



निशालाई सवै भन्दा पहिले उनको आमाले बर्थडे विस गरेकी थिइन् भने त्यसपछि अमेरिकामा रहेका दाईले उनलाई हृयाप्पी बर्थडे भन्दै कल गरेका थिए । ६ बर्ष अगाडी आशिष बाङदेलको 'आउदै छु...' नामक म्यूजिक भिडियोबाट सुरू भएको  निशाको रंग करियरले उनलाई नायिका  बनाएको हो ।



मिसन पैशा र नैना रेशम चलचित्रमा अभिनय गरेकी निशाको पछिल्लो चलचित्र 'फस्ट लभ'ले बक्स अफिसमा सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।



आजबाट २४ औ बसन्तमा टेकेकी नायिका निशा अधिकारीलाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना ! यदि
तपाई नायिका निशालाई जन्मदिनको शुभकामना दिन चाहनु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुनेछ ।