मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरकको हिरो मोहित

फिल्मीखबर, काठमाण्डौ, 2010/10/04

कमेडी किङ्ग हरिबंश आचार्यका छोरा मोहित बंश  नायक बन्ने भएका छन् । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्देशक निरक पौडेलले निर्देशन गर्न लागेको नयाँ प्रोजेक्टमा उनी नायक बन्ने पक्का भएको हो । यस अघि निरकले 'कुसुमे रूमाल' निर्देशन गरेका थिए ।



हरिबंश आचार्यको स्क्रिप्ट  रहेको सो चलचित्रको नाम भने अझै फाईनल हुन नसकेको निर्देशक पौडेलले बताएका छन् । सो फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मोहित प्रमुख भूमिकामा रहने निरकको भनाई छ ।
प्रदर्शनको पालो कुरेर बसेको चलचित्र 'हासिदेऊ एक फेर' मा अभिनय गरेका महजोडी यो चलचित्रमा  हास्य मसलाको साथमा उपस्थित हुने निरकले घुमाउरो संकेत गरेका छन् । मह जोडीले अभिनय गर्ने स्टोरी कस्तो होला त भन्ने फिल्मीखबरको प्रश्नमा निरकले भने 'स्टोरी अहिले नै नखोलौ ।' 



 बाबु हरिबंशको कारणले मोहितलाई लिनु भएको हो भन्ने फिल्मीखबरको अर्को प्रश्नमा निरकले उत्तर दिए 'स्टोरीलाई फिट हुने पात्र पाए अनि उसलाई प्रपोज गरे ।'  नायिका र टाइटलको टुङ्गो लागि नसकेको सो फिल्मको छायाकंन आगामी तिहार लगत्तै सुरू गरिने बताईएको छ ।



यता मोहित पनि ठूलो ब्यानरमा काम गर्न पाउँदा निकै खुशी भएका छन् । लभरब्यायको रूपमा दर्शक सामु चिनिन  लागेका मोहित अहिले २१ बर्षका छन् । टुरिजम विषयमा ब्याचलर कमप्लिट मोहितले यस अघि मह चौतारी, मदनबहादुर-हरिबहादुर र आमा भन्ने टेलिचलचित्रमा अभिनय गरिसका छन् । गायक समेत रहेका मोहित अब नायक भएर दर्शकको सामु पुग्दा कस्तो प्रतिक्रिया पाउलान ?



के मोहितमा नायक बन्ने गुण छ ?  दर्शकको नजरबाट तलको कमेन्ट बक्समा गएर मोहित प्रतिको  आफ्नो प्रतिक्रिया जनाईदिनु होला ।