मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मालतीको सुटिङ यूनिट फिर्ता

फिल्मीखबर, काठमाण्डौ, 2010/10/05

एक हप्ते सुटिङका लागि पोखरा गएको चलचित्र  मालतीको भट्टीको सुटिङ यूनिट काठमाण्डौ फिर्ता भएको छ । 

चलचित्रकी मुख्य नायिका मालती अर्थात नायिका रेखा थापासंगका केही इनडोर दृश्यहरूको साथमा नायक जीवन लुईटेल र नन्दिता केसीको गीतको छायाकंनका  लागि  पोखरा गएको सो यूनिटले सोमबार सम्म ७० प्रतिशत छायाकंन सकेको प्रस्तुतकर्ता प्रदिप उदयले जानकारी दिएका छन् ।

 


यूनिट सोमबार राति राजधानी फर्किएको हो । गएको भाद्र २८ गते देखि सुटिङ सुरू गरिएको सो चलत्रिको  टाइटल अनुसार रक्सी भट्टीको सेटमा  भोली बिहान बुधबार बाट बाकी ३० प्रतिशत छायाकंन भृकुटी मण्डपको फनपार्क भित्र गरिने छ । चलचत्रिलाई नव निर्देशक गणेश देव पाण्डेले निर्देशन गर्दै छन् ।