
२ घण्टा ५७ मिनेटको चलचित्रलाई दर्शक र स्वयम चलचित्रकर्मीले लामो भएको प्रतिक्रिया दिएपछी अन्तत् सो चलचित्रलाई आधा घण्टा छोट्याईएको छ ।
चलचित्र प्रदर्शन भएको एक महिना पछी गएको बिहिबार देखि सुरू गरिएको पुनः सम्पादन कार्य मंगलबार बिहान सकिएको हो । 'ठ्याक्कै ३० मिनेट काटे मैले' सो चलचित्रका निर्माता तथा निर्देशक नरेश पौड्यालले भने । नायिका अरूणिमा लम्सालले लेखेको सो चलचित्रका कुन-कुन दृश्य काटिए भन्ने बारे दर्शकलाई थाहाँ नहुने निर्देशक पौडेलको दाबी छ ।
यस अघि देशभरिका २५ सिनेमा घरमा चलेको सो चलचित्रलाई अब ४० स्टेशनमा चलाउने तयारी भईरहको पौड्यालले बताए । छोटिएको सो फिल्मलाई एक राउण्ड नेपालमा चलाईसकेपछी अष्ट्रेलिया र इग्ल्याण्डमा प्रदर्शनका लागि लगिने नरेशको भनाई छ ।
फिल्म लामो भएको कारण व्यापार राम्रो नभएपछी चिन्तामा रहेका नरेशले त्यो चिन्ता हटाउन फिल्मलाई छोट्याएका हुन । हेरौ आधा घण्टा छोटिएको दीपशिखालाई दर्शकले कत्तिको मन पराउछन ?