मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कसले चोर्‍यो मेरो मन' बजारमा

फिल्मीखबर, काठमाण्डौ, 2010/10/05

आगामी असोज २९ गते देखि देशव्यापी  प्रदर्शनमा आउन लागेको चलचित्र 'कसले चोर्‍यो मेरो मन' को अडियो सिडी मंगलबारबाट बजारमा आएको छ ।


म्यूजिक डटकमले बजारमा ल्याएको सो सिडिमा जम्मा ५  गीत समावेश गरिएका छन् । नायिका रेखा थापाको पाचौं प्रोजेक्ट अन्तर्गतको सो चलचित्रको सिडीमा टाईटल गीत कसले चोर्‍यो मेरो मन...  मेल फिमेल तथा मेल  सिङगल भर्सन सहित ए दिल..., जुन बेहुली बनेर..., थोरै मिठो-मिठो लाग्यो... तथा सानै कुरामा रिसाउने... जस्ता गीत रहेका छन् ।



प्रदर्शन अगावै कसले चोर्‍यो मेरो... भन्ने टाईटल गीत सर्वाधिक रूचाईएको गीत हो । सुरेश अधिकारीले संगीत भरेको ती गीतहरूलाई किरण खरेलले  लेखेका हुन भने चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।सिडीको मूल्य जम्मा १ सय ७५ रूपैया रहेको  छ ।