मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५१ औं दिन मनाउँदै 'नाइ नभन्नु ल'

फिल्मीखबर, काठमाण्डौ, 2010/10/05

बिकास आचार्यको निर्देशन रहेको चलचित्र 'नाइ नभन्नु ल' ले आगामी शनिबार राजधानीको गोपीकृष्ण हलमा ५१ औं दिन मनाउँदै छ ।

 


गएको भाद्र ४ गतेबाट प्रदर्शनमा आएको सो चलचित्र अहिले गोपीकृष्ण हलमा मात्र प्रदर्शन भईरहेको छ । देशभरका २१ स्टेशनमा प्रदर्शन भएको सो चलचित्रले  हाल  सम्म एक करोड भन्दा बढीको व्यापार गरेको निर्देशक आचार्यले बताएका छन् । गोपीकृष्णबाट मात्र १९ लाख कलेक्सन भएको उनको भनाई छ ।

 


चलचित्र आगामी शुक्रबारबाट काठमाण्डौको कलंकी सिनेमा घरमा प्रदर्शन हुँदैछ भने काठमाण्डौ बाहिर ५० भन्दा बढी स्टेशनमा यो चलचित्र प्रदर्शन हुन बाँकी  छ । चितवनमा प्रदर्शन भईसकेको यो चलचित्र पुन: चितवनमा प्रदर्शन गर्न लागिएको निर्देशक आचार्यले बताए ।

 


जीवन लुईटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह, मुकेश आचार्य, मिथिला शर्मा, ममता प्रधानलगायतका कलाकारको अभिनय रहेको चलचित्र 'नाइ नभन्नु ल' लाई रमेशजंग रायमाझीले निर्माण गरेका हुन् । चार उत्कृष्ट  गीतहरू रहेको उक्त चलचित्रको शिर्ष गीतको सिआरबिटी अहिले सम्म नेपाल करिब डेढ लाख पटक डाउनलोड भईसकेको छ । चलचित्रमा महेश खड्काको संगीत रहेको छ ।