नायिका नन्दिता केसीलाई चारवटा कन्फ्यूजले निकै पिरोलेको रहेछ । सवै भन्दा पहिले उनलाई चलचित्र 'मालतीको भट्टी'ले निकै कन्फ्यूज बनाएछ । ग्लायमर गर्ल नन्दिताले सती सावित्रीको रोलमा सो चलचित्रमा अभिनय गर्नु परेर हो वा अन्य कारणले त्यो भने उनले खुलाएकी छैनन् ।
तर मंगलबार साँझ साढे ८ बजेको समयमा फेसबुक को भित्तामा लेख्दै उनले भनेकी छिन् 'मालतीको भट्टीको सुटिङ हुदाँ म कन्फ्यूजनमा परे ।' त्यस्तै अर्को पक्तिमा उनले कल्चर प्रोगामको लागि दशैको मुखमा जापानको भिसा लागेको, धेरै म्यूजिक भिडियोको सुटिङ गर्न बाकी रहेको र दशै लगत्तै अनुवन्धित अपकमिङ प्रोजेक्ट 'मृगतृष्णा'को सुटिङको लागि सिक्किम जानु पर्ने बाध्यताले आफु कन्फ्यूजमा परेको उल्लेख गरेकी छिन् ।
चारवटा कन्फ्यूज पछी अन्तमा ती कन्फ्यूजलाई समस्या ठान्दै उनले आफुले आफैलाई प्रश्न गर्दै लेखेकी छिन् 'म के गरू , र समय कसरी मिलाउँ ?' ooooooooopssssssssssssssss..........