मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब पालो तुलसीको

फिल्मीखबर, काठमाण्डौ, 2010/10/05

एक महिना सम्म लण्डनका विभिन्न शहरमा 'वीरताको चिनो' को प्रोशनमा रहेका निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरे आगामी असोज २८ गते नेपाल आउने तयारी गरिरहेका छन् ।



लण्डनका विभिन्न पाँच स्थानमा प्रदर्शन गरिएको सो चलचित्रले दर्शक प्रतिक्रिया राम्रो पाएको निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी दिएका छन् । उनले भने 'प्रदर्शन गरिएको सवै स्थानबाट राम्रो प्रतिक्रिया पाए ।'



यस्तै होम प्रोडक्सनकै तर ड्रीम प्रोजेक्ट भनिएको शंकरको अर्को चलचित्र 'तुलसी' आगामी ५ महिना पछी लण्डनका २५ शहरमा प्रदर्शन गर्ने तयारी समेत एक महिने लण्डन बसाईले जुराई दिएको निर्देशक घिमिरे बताउछन् ।



अपुरो रहेका तुलसीको बाकी छायाकंन बीरताको चिनो प्रदर्शनपछी सुरू गरिने र आगामी नयाँ बर्षसम्ममा तुलसीको पनि प्रदर्शन गर्ने योजना शंकरको रहेको छ । चलचित्र 'तुलसी' को लण्डनमा प्रदर्शन गर्न जाँदा अर्को चलचित्रको छायाँकन पनि गर्ने योजना बनाएको शंकरले फिल्मीखबरलाई बताए । चलचित्र 'तुलसी' मा ऋचा घिमिरे, आयुष रिजाल र बिमलेश अधिकारीको मुख्य भुमिका रहेको छ ।