
चार बर्षदेखि काठमाण्डौको बौद्ध ६ मा बन्द अवस्थामा रहेको सिदार्थ सिनेमा प्रालि दशैबाट पुनः सञ्चालनमा आउने भएको छ ।
४ सय ५० सिट क्षमताको सिङगल स्क्रिन सो हल अष्टमीको दिन पुनः उद्धघाटन गरिने हल सञ्चालक गोपाल कायस्त (पानपराग) ले जानकारी दिएका छन् । पहिलो पटक लौह पुरूष वीर गणेशमान सिहँले २०५२ सालमा उद्धघाटन गरेको सो हलको फिनिसिङ कार्य ८५ प्रतिशत सकिएको छ ।
सिनेमा भवनमा डिसीएनको सर्भर सहित २० फिट उचाई र २२ फिट चौर्डाईको पर्दा जडान गरिएको छ । यस्तै अर्का शेयर धनी मधुसुदन प्रधानले दिएको जानकारी अनुसार हलमा 5.1 सराउण्डिङ साउण्ड सिस्टम जडान गरिने छ ।
आगामी २९ गते देखि पुनः सञ्चालनमा आउन लागेको सो सिनेमा भवनमा एक शो हेर्न ७० र ५० रूपैया तिर्नु पर्ने हुन्छ । शनिबारको दिन चार शो र अन्य दिन तीन शो देखाईने सो हलको सुरूवातको प्रदर्शन भने 'कसले चोर्यो मेरो मन' बाट सुरू हुने छ ।