मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'स्वर'को प्रदर्शन तिन महिनापछी

फिल्मीखबर, काठमाण्डौ, 2010/10/06

कार्तिकको  मध्य सम्म प्रदर्शनको पालो कुरेर बसेको चलचित्र 'स्वर'  आगामी माघ १४ गते मात्र प्रदर्शन हुने संकेत देखिएको छ ।

 फिल्म वितरणको जिम्मा पाएको डिजीटल सिनेमा नेपालको लाईनमा 'कसले चोर्‍यो मेरो मन' र 'गोर्खा पल्टन' रहेपनि त्यसपछी कुन चलचित्र चलाउने भन्ने बिषयमा टुङ्गो नलागेकाले स्वर अरू चलचित्र भन्दा तिन महिना पर धकेलिन लागेको हो ।

 फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार स्वर भन्दा 'बाटो मुनिको फूल'लाई डिसीएनले प्रदर्शनको पहिलो ग्राहयता दिने संकेत गरेकाले स्वरलाई दिइएको मौखिक बाचा बीचमै तुहिएको बुझिएको छ ।

यस बारे डिसीएन महाप्रवन्धक अशोक शर्मालाई सोधिएको जिज्ञासामा शर्माले 'दशै पछीका कुनै पनि चलचित्रलाई कुन मितिमा प्रदर्शन गर्ने निर्णय  भईनसकेको'  प्रतिक्रिया दिएका छन् ।  यस्तै स्वरका निर्देशक प्रशन्न पौडेलले 'आफ्नो चलचित्र माथि राजनीति भएको'  आरोप लागएका छन् । 'कार्तिकमा चलाउने मेरो पूर्ण  योजना थियो तर आफ्नो हात तल परेपछी यहा यस्तै गरिदो रहेछ्'  प्रशन्नले गुनासो ब्यक्त गरे ।

कात्तिकमा प्रदर्शनका लागि मौखिक सहमति पाएको 'स्वर'ले चलचित्रको  प्रोमोशनका लागि हरेक टेलिभिजनमा विज्ञापन बजाउदै आएको छ । यस्तै भोली घटस्थापनाको दिन सो चलचित्रको अडियो लञ्च हुने बताइएतापनि चलचित्रको प्रदर्शन मिति धकेलिने संकेत पाएपछी स्वरको  अडियो लञ्च समेत स्थगित हुने सम्भावना बढेको छ ।

राजबल्लभ कोइराला, केकी अधिकारी, सुनिल थापा लगायतको अभिनय रहेको सागीतिक चलचित्र 'स्वर' दर्शक र चलचित्र कर्मीको नजरमा  निकै प्रतिक्षारत चलचित्रहरू मध्येको एक  हो ।