
कम्मर भन्दा तलको भाग नचल्ने अवस्थामा रहेका पार्श्व गायक कुमार कान्छालाई उपाचारका लागि नगद रू. ५ हजारको आर्थिक सहयोग प्रदान गरिएको छ ।
राजधानीमा बुधबार आयोजित 'तिमी नहुँदा' गीति संग्रहको विमोचन समारोहमा सो गीति संग्रहका निर्माता दृप चाम्लिङ्गले ३ हजार र कार्याक्रममा सहभागी भएका एक व्यक्तिले २ हजार गरी जम्मा ५ हजारको आर्थिक सहयोग प्रदान गरिएको हो ।
महिनौ दिन देखि मुम्बईको रैजा अस्पतालमा उपचार गर्राईरहेका कुमार कान्छालाई पूर्ण रूपमा स्वस्थ्य हुन भारू ३ लाख आबश्यक पर्ने भएकाले चाम्लिङको पहलमा सो रकम जुटाईएको हो ।
यस अघि उपचारका क्रममा भारू २ लाख खर्च गरिएपनि कुमार कान्छाको स्वास्थ्य अझै ठीक हुन सकेको छैन् । उपचारका लागि प्रदान गरिएको सो रकम कान्छाको परिवार समक्ष पुर्याउने जिम्मा तराई टेलिभिजनका कार्यकारी निर्माता जनक पराजुलीले लिएका छन् ।