मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिचरा राजेशपायल

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/06

प्रत्यक्ष डेढ सय भन्दा धेरै  मानिसको अगाडी अनि त्यसमाथि पनि संसारभर टेलिभिजन मार्फत लाईभ भईरहेको अवस्थामा गायक राजेशपायल राईलाई लाई निकै नराम्रो हुन पुग्यो त्यो समय ।



जोश र जाँगरका साथ जसरी भित्रैबाट गीत गाउने अपेक्षा सहित उनी स्टेशजमा पुगे तव त्यो समयमा कार्यक्रम सञ्चालक हेम सुवेदीले पछी गाउनु होला भन्दै स्टेजबाट फर्काई दिएपछी राईको अनुहार कालो
निलो भएको थियो ।



धेरै फिल्ममा स्वर दिईसकेका राई बुधबार होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रममा उपस्थित थिए । जहाँ उनीद्धारा स्वरबद्ध दृप चाम्लिङको एल्बम 'तिमि नहुँदा' को लोकार्पण कार्यक्रम राखिएको थियो । सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहको सो कार्यक्रममा उनले पुनः गीत गाउन २० मिनेट सम्म कुर्नु परेको थियो ।



ठीक १२ बजेको थियो, उदघोषक हेम सुवेदीले राजेशपायल राई गीत गाउन आउनु होला भनेर डाके, गायक राई पनि ठाटि्दै र्सटको कलर मिलाउदै स्टेजमा पुगे तर उदघोषक हेमले अचानक टेलिभिजनमा समाचारको समय भयो भन्ने संकेत दिए र राईलाई स्टेजमा आउन नपाई फर्काई  दिए । 



स्टेजमा लाईभ पर्फ गर्न गएको ठिटोले गीत गाउन नपाएपछी उनी हेमसंग मुर्मुरिदै कोरियोग्राफर रिनाशा राईसंग एउटा कुनामा गएर बस्न बाध्य भए । त्यो बीचमा सगरमाथा टेलिभिजनले समाचार प्रसारण गरिरहेको थियो भने यता कार्यक्रममा रचनाकार डा.कृष्णहरी बरालले  लोकार्पण गरिएको एल्बमका बारेमा समिक्षा गरिरहेका थिए ।



बरालले समिक्षा पनि गरिसके अनि सगरमाथाको समाचार पनि सकियो र राजेशको त्यो रिस हराउन खुब बयान गर्दै हेमले पुनः राईलाई किङ्ग भन्दै स्टेजमा बोलाए । के गर्नु जति रिस भएपनि अन्तत: राजेशले हेमको आग्रह बमोजिम लगातार तीन वटा गीत पनि  गाउनु पर्‍यो ।