
सागीतिक जगतमा गायिका अञ्जु पन्तको जति-जति डिमाण्ड बढ्न थालेको छ त्यती-त्यती उनका आवश्यकता, फेसन र बस्ने शैली समेत फरक ढङ्गले हुन थालेको छ ।
अमेरिकाको दुई महिने बसाई र इजरायलको एक महिने बसाईपछी एघार दिन अघि नेपाल फर्किएकी अञ्जु बुधबार एउटा कार्यक्रममा भेटिइन् । होटल याक एण्ड यतिको कार्यक्रम हलमा एक महिला र पुरूषको बीचमा २ वटा कुर्सी ओगटेर बसेकी अञ्जुको चर्तिकलालाई हेर्दा लाग्थ्यो उनलाई कुर्सी मोह भएछ ।
कलेजी र्सट लगाएका एक अधवैसे उनको छेउको कुर्सीमा बस्न लागेका थिए तर अञ्जुले त्यहाँ नबस्नुस भनेपछी ती अधबशै अञ्जुसंगैको कुर्सी छाडी अर्कोमा बस्न बाध्य भए । संगैको त्यो तस्बिरले पनि प्रष्ट पार्छ अञ्जुको चश्मा र अन्य व्यक्तिगत सामग्री अर्को कुर्सीमा छ ।
अमेरिका र इजराइलको बसाईपछी कपाल पुरै खैरो बनाएर लुक्स समेत विदेशी जस्तो बनाएकी अञ्जुको महत्वकाक्षा दिन प्रतिदिन बढ्दै गईरहको देखिन्छ । एउटा गीत गाएवातप १० हजार भन्दा कम नलिने अञ्जुको त्यो कुर्सी मोहले नेताको जस्तो चरित्र देखाईदिएको छ ।
जसरी नेतालाई कुर्सीको मोह हुन्छ त्यसै गरी उनलाई पनि कुर्सी मोह भएको हो कि भन्ने प्रशस्त ठाँउ त्यहाँ रहेका छन् । चश्मा र ब्याग बोक्न उनको एउटा काख पर्याप्त थियो । आफु, ब्याग र चश्माको लागि छुट्टाछुट्टै कुर्सी ओगट्ने अञ्जु जी तपाईको कुर्सी मोह बुझ्न सकिएन् नि ?